11:46:16 pm 21-Sep-2021

‘द भ्वाइस अफ नेपाल– ३’ को उपाधि जिते किरण गजमेरले


‘द भ्वाइस अफ नेपाल– ३’ को उपाधि जिते किरण गजमेरले

नेपालको नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन को बिजेता किरण गजमेर भएका छन् । टिम प्रमोदबाट फाइनल राउन्डमा प्रवेश गरेका उनले दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उपाधि चुमेका हुन् । शनिबार सम्पन्न रियालिटी शो जित संगै उनले २५ लाख र गोल्डेन ट्रफी समेत पाएका छन् ।शनिबार राति सम्पन्न भएको यस संस्करणको फाइनलमा टीम दीपबाट आर्यन तामाङ, टीम तृष्णाबाट ज्वाला राई र टीम राजुबाट तारा श्रीस मगर फाइनलिस्ट बनेका थिए तर उनीहरुले भने उपाधि चुम्ने सपना पूरा गर्न सकेनन् ।
ट्रफी जितेपछि भावूक बनेका किरणले आफ्नो सपना पुरा भएको प्रतिक्रिया दिए । मिडिया कुराकानीमा उनले भने–‘हामी देश खोज्दै हिडिरहेका नागरिक हौं । हामी हाम्रो रोजाइले भन्दा पनि वाध्यताले विकसित राष्ट्रमा पुगेका हौं । तर, मेरो पनि खुशी थिएनँ । आफ्नो देश, भाषा, पोशाक विर्सन सकिदैन । मेरा गुमेका आफन्तहरुसँग नजिक हुने चाहना थियो । आज मैले मेरो गुमेको परिवार पाएको छु ।’
उपाधि विजेता गजमेर भ्वाइस अफ नेपालकै लागि अमेरिकाबाट नेपाल फर्केका थिए । उनी भुटानी शरणार्थी हुन् र अमेरिका पुनर्वासनमा गएका थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]