04:48:44 pm 12-Aug-2020

फोटोग्राफर्सबाट दिक्क भएकी आराध्या बच्चनले हाँस्दै भनिन्, अति भयो


फोटोग्राफर्सबाट दिक्क भएकी आराध्या बच्चनले हाँस्दै भनिन्, अति भयो

नयाँ दिल्ली–आकाश अम्बानीको वेडिङ्ग पार्टीमा बलीउडका सिताराहरू सामिल भएका थिए । वेडिङ्गको दिनमा र रिसेप्शनको दिनमा सिताराहरू परम्परागत पोशाकमा देखिएका थिए । बी टाउनको यो सेलिब्रेशनको तस्वीरहरू सामाजिक सन्जालमा भाइरल भएका छन् । यो पार्टीमा आकर्षकको केन्द्रबिन्दु रहिन् ऐश्वर्या राय र उनकी छोरी आराध्या । खास गरेर आराध्या बच्चन यो पार्टीमा फनी पोजमा फोटोग्राफर्सको साथमा देखिइन् र भनिन् अब अति भयो ।

Ad


आकाश अम्बानी र श्लोका मेहताको रोयल वेडिङ्ग ९ मार्चमा मुम्बईमा भएको जियो वर्ल्ड सेन्टरमा आयोजना भयो । यो पार्टी पछि १० मार्चमा रिसेप्शन पार्टी राखियो । दुबै दिन अम्बानीको परिवारको खुशीयालीमा सामेल हुन बच्चन परिवार पुगेको थियो । विवाहमा अमिताभ बच्चन श्रीमती जया र छोरी श्वेताको साथमा देखिए । यो पार्टीमा पहिलो पटक फनी पोज दिंदै आराध्या बच्चन देखिइन् आकाश अम्बानीको रिसेप्शनमा ऐश्वर्या राय र अभिषेक बच्चनको साथमा आराध्या मस्ती भरी अन्दाजमा पोज दिंदै देखिइन् तर जब आराध्या थाकिन् तब उनले फोटोग्राफर्सलाई भनिन् अब अति भयो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]