01:38:37 pm 21-Sep-2021

बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्राले पोर्न फिल्म उद्योगका लागि आठदेखि ८० करोड भारु लगानी गरेको आरोप


बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा अश्लील चलचित्र बनाएको आरोपमा पक्राउ परेका छन् । विभिन्न व्यवसायमा संलग्न राजलाई अश्लील चलचित्र बनाएर एपमार्फत सार्वजनिक गरेको आरोपमा मुख्य आरोपी मान्दै पक्राउ गरिएको हो।यस विषयमा छानविन गर्दा राज कुन्द्रा का विरुद्ध प्रहरीसँग पर्याप्त सबुत रहेको जनाइएको छ। उनलाई अदालतले शुक्रबारसम्म थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ।राज कुन्द्राले पोर्न फिल्म उद्योगका लागि आठदेखि ८० करोड भारु लगानी गरेको तथा उनका भाइले बेलायतमा केनरिन नामको एक कम्पनी पोर्न फिल्मका लागि भनेरै सञ्चालन गरेको जानकारीमा आएको छ ।मुम्बई प्रहरीका अनुसार बलिउडमा काम खोज्न आउने सोझा युवतीहरूलाई ठूलो ब्यानरको चलचित्रमा काम दिलाउने आश्वासन दिएर अश्लील दृष्यको काम गर्न लगाउने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले छापा मार्दा मढ गाउँमा एउटा घरमा अश्लील चलचित्रको छायांकन गरिरहेको भेटाएको र यो मामिलामा राज कुन्द्रा अघि चार आरोपितलाई पक्राउ गरेको र उनीहरूको बयानका आधारमा प्रहरीले राजमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा उनी मुख्य आरोपी पाइएको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]