08:32:14 am 16-Sep-2020

‘यसपालिको तीजमा नाच घरैमा’ म्युजिक भिडियो सार्बजनिक (भिडियाेसहित)


‘यसपालिको तीजमा नाच घरैमा’ म्युजिक भिडियो सार्बजनिक (भिडियाेसहित)

यसपालीको तीज नजिकिँदै गर्दा गायकगायीकाहरुले म्युजिक भिडियो सार्वजनिक गर्ने क्रम बढेको छ । यसैबीच गायक लक्षमण चापागाईले “यसपालिको तीजमा नाच घरैमा” बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । लाट्कोसेरो फिल्मस्ले उत्पादन गरेको म्युजिक भिडियोमा  सुस्मिता श्रेष्ठ, सोनिया डङगोल, रन्जु श्रेष्ठ र रोमिया डङगोलले नृत्य प्रस्तुत गरेका छन् । नृत्य निर्देशन (कोरियोग्राफी) सन्तोष भुजेलले गरेका हुन् भने म्युजिक भिडियोको छायांकन सन्जित श्रेष्ठले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन बिजेस पौडेलले गरेका छन् । गीत गायक चापागाईँ स्वयंले लेखेका हुन् । 

Ad

निर्देशक पौडेलले  कोरोना भाइरस संक्रमणबाट बच्न घरमै बसेर तीज मनाउन सन्देश दिने गरी म्युजिक भिडियो तयार गरेको बताए । उक्त गीत यूट्बमा  र टेलिभिजन दुवै माध्यमबाट प्रसारण भइरहेको पौडेलले जानकारी दिए । तीजका अबसरमा बजारमा आइरहेका म्युजिक भिडियोहरु भन्दा आफ्नो  गीत फरक रहेको पौडेलको दावी छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]