11:38:31 am 12-Dec-2019

अनिल कपूर जस्तै चर्चामा छन् अनिल कपूरका डुप्लिकेट, आरिफ खान


अनिल कपूर जस्तै चर्चामा छन् अनिल कपूरका डुप्लिकेट,  आरिफ खान

नयाँ दिल्ली – बलीउड इन्ड्रस्ट्री एक यस्तो गढ हो । जहाँ सजिलै सेलीब्रेटीजका मिल्दा फेस यानी डुप्लिकेटहरू भेटिन्छन् । चाहे त्यो अमिताभ बच्चनको होस् या चाहे त्यो शाहरूख खानको डुप्लिकेट । अहिले एक यस्ता व्यक्ति चर्चामा छन् । जो अनिल कपूरको डुप्लिेकेट छन् उनको नाम हो आरिफ खान । आरिफलाई पहिलो पटक देख्ने वित्तिकै मानिस उनलाई अनिल कपूर सम्झिन्छन् र उनीसँग अटोग्राफ माग्छन् । उनी पुरै अनिल कपूर जस्ता देखिन्छन् उनको बोलीको टोन, हिंड्ने तरीका सबै अनिल कपूरको जस्तो छ ।
फिल्म क्याम्पियनको साथमा एक इन्टरभ्यूमा आरिफले भने कि उनी मुम्बईमा एक्टर बन्न आएका थिए, अनिल कपूरको डुप्लिकेट हैन । उनले भने ‘तर म अहिले जे छु त्यसको लागि म अनिल कपूरसँग आभारी छु । उनले भने उनी महाराष्ट्रको आकोला जिले को बासिन्दा हुन् । एक पटक अनिल कपूर चलचित्रको शुटिङ्ग गरिरहेका थिए । त्यही समयमा उनी भेट्न गए । अनिल कपूर आफ्ना फ्यानहरूलाई अटोग्राफ दिइरहेका थिए । त्यही भिडमा मानिसहरू मलाई नै अनिल कपूर सम्झेर मसँग अटोग्राफ लिन आए । यही समयमा अनिल कपूरले सोधे कि यो भिड किन लागिरहेको छ मानिसहरूले उनलाई भनेकि यहाँ तपाईको डुप्लिेकेटसँग मानिसले तपाईं सम्झेर अटोग्राफ लिइरहेका छन् । यही समयमा उनको र मेरो भेट भयो । उनले मलाई माया गरेर अंगालो मारे ।

आरिफले बताए कि उ सुपर डान्सर च्याप्टर तीनमा पनि आफ्नो अपियरेन्स दिइसकेका छन् । यही दौरानमा उनको अनिल कपूरको साथमा उनको चार्ट बस्टर संग ‘ए जी ओ जी ’ गीतमा पनि डान्स गरे । यही समयमा अनिल कपूरले आरिफसँग भने ‘मलाई यो लाग्थ्यो कि म भन्दा राम्रो अरू कोही छैन तर यहाँ तपाई राम्रो अनुहार, राम्रो कपाल राम्रो काया र राम्रो डान्स मुभको साथमा हुनुहुन्छ । ४० वर्षसम्म मैले कहिले असुरक्षित पाइन । ’

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]