12:25:42 pm 15-Oct-2019

चलचित्र सत्यम् शिवम सुन्दरम् सम्पादनको अन्तिम चरणमा


चलचित्र सत्यम् शिवम सुन्दरम् सम्पादनको अन्तिम चरणमा

अमृता भण्डारी, काठमाडौँ– बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती र शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली कथानक चलचित्र सत्यम् शिवम् सुन्दरमको सम्पादन अन्तिम चरणमा पुगेको निर्माण पक्षले बताएको छ ।

Ad

चलचित्रमा भगवान् खोज्न मन्दिरमा धाउनु पर्दैन भगवान् आफैं भित्र छन् भन्ने मुल विषयबस्तुलाई समावेश सो चलचित्रमा समावेश गरिएको छ। चलचित्रमा देव महर्जनको द्वन्द ,राजन महर्जन र सुरेस पान्डेको नृत्य नरेश ऐर को छायांकन ,बिपिन कटुवाल को शृङार रहेको छ ।

सन्तोष प्रगाढ र शंकर अधिकारी घायलको संगीत नित्याशिवा, सन्तोष प्रगाढ , इन्दिरा जोशी र प्रबिशा अधिकारीको आवाज अनि शंकर अधिकारी घायलको गीत र लेखन तथा निर्देशन रहेको चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोख्रेलले बताए ।

चलचित्रमा राजन महर्जन ,बिमला गिरी, धनराज सुब्बा ,अन्जना श्रेष्ठ ,सुदिप यादव ,कृष्ण कुमार घलान, गितान्जली सुवेदी, आर जे भिलेन, ज्ञानेन्द्र चेम्जोङको अभिनय मा दुई नव नायिका रिचा भण्डारी र कृतिका छेत्रीले अभिनय गरेका छन् ।

चलचित्रलाई आगामी हरितालिका तिज मा रिलिज गरिने भएकाले पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले बताए को छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]