01:33:53 pm 12-Aug-2020

प्रमिलाको स्वरमा समलिङ्गीको कथा


प्रमिलाको स्वरमा समलिङ्गीको कथा

अनोज रोक्का
पहिलो नेपाल आईडल टप ७ प्रमिला राईको स्वर रहेको ‘प्रश्न π लुकेका कुरा’ गीतमा भिडियो निर्माण भएको छ । चर्चित निर्देशक युगल पोमो लिम्बुले भिडियोलाई निर्देशन गरेका छन् ।

Ad

समलिङ्गी प्रेम, ईमोशन र मानसिक द्धन्दलाई भिडियोको थिम बनाईएको छ । करिब १ हप्ता लगाएर हामीले छायाङ्कन गर्यौ निर्देशक पोमो भन्छन् । चलिरहेको प्रेमील भिडियोभन्दा पृथक थिममा काम गर्न च्यालेञ्ज थियो तर दर्शकहरुका लागि हिडन ईमोशनलाई पात्रहरुको माध्यमबाट भिडियोमा उत्तार्दा खुसी लागिरहेको छ ।

सयौं म्युजिक भिडियो निर्देशन हुदै नेचर गाई मार्फत चलचित्र निर्देशनमा होमिएका पोमोले हङकङको लोकेशनमा दुई दर्जन भिडियो निर्देशन गरिसकेका छन् ।

मज्जाको प्रडक्सन हङकङको ब्यानरमा निर्माण गरिएको भिडियोलाई मज्जाको राईले खिचेका हुन् । ओम गुरुङ, ट्रेसी राई, दिनेश खत्रीको अभिनय रहेको भिडियोलाई अनिल के महर्जनले सम्पादन गरेका छन् । गीतमा रेज लिम्बुको शब्द, संगित रहेको छ ।

हङकङको विभिन्न पर्यटकीय स्थलहरुमा भिडियोको छायाङ्कन गरिएको छ । हामीले लगानीमा सम्झौता गरेनौ, निर्माता तथा सिनेमेटोग्राफर मज्जाको राई बताउछन् । हङकङको ब्यस्त समयमा पनि निरन्तर भिडियोको थिमलाई न्याय दिनका लागि कोशिस गरेका छौ, दर्शकहरुको सकारात्मक प्रतिक्रियाले उर्जा मिलेको छ ।

पछिल्लो समय हङकङको प्राकृतिक रमणियता र विकसित आधुनिकताभित्र नेपाली भिडियो छायाङ्कनको क्रम बढिरहेको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् ।

Ad

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]