12:17:33 pm 12-Dec-2019

चलचित्र लब जोनको पहिलो गीत “मै परुला झ्याइ झ्याइ“ सार्वजनिक


चलचित्र लब जोनको पहिलो गीत “मै परुला झ्याइ झ्याइ“ सार्वजनिक

काठमाडौँ– नेपाली कथानक चलचित्र लबजोनको ‘मै पारुला तिमीलाई झ्याइ झ्याइ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका नित्याशिवा र गणेश चौधरी को आवाज रहेको छ ।

Ad

यो गीतमा बाबुल गिरीको संगीत शंकर अधिकारी घायलको शब्द रहेको छ । गीतलाई प्रकाश थापाले मिक्सिङ गरेका छन् । लव जोन चलचित्रमा बिक्रम कार्की र सरोज थापाको छायांकन ,राजन महर्जन र सुरेस पाण्डेको नृत्य रहेको छ । सो चलचित्रमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको छ ।

राजन महर्जन ,तृष्णा खडका, डिबि लामा, सुश्मा थिङ, राजु श्रेष्ठ ,राजन श्रेष्ठ ,निमा लामा, शर्मिला भुजेल, रुबिना थापा र बिक्रम कार्की, कुमार कार्की र बाल कलाकार रचना कार्की को अभिनय रहेको छ । लवजोनलाई आगामी भदौ मा रिलिज गरिने तयारी गरिएको चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताए ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]