10:16:14 am 12-Dec-2019

एकपटक सुन्नैपर्ने आमाछोरीको गीत


एकपटक सुन्नैपर्ने आमाछोरीको गीत

उषा थपलियाको रचना, संगीतमा उनी र उनकी १५ वर्षीया छोरी संविदा वाग्लेले गाएको युगल गीत यतिवेला चर्चामा छ ।
गीतमाथि बनेको भिडियो गत शनिबार पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले एक समारोहवीच काठ्माडौंमा सार्वजनिक गरेका थिए । छोरी जन्मेदेखि एउटी आमाका अनुभूती र आमाप्रति छोरीको अनुग्रह गीतका शव्दहरुले समेटेको छ । गीतको एरेन्ज गायक तथा संगीतकार रिदम कँडेलले गरेका छन् । भिडियो नाद स्टुडियोले तयार गरेको हो । गीतमा आश्री सेढाई, अरिन कँडेल, मानसी थपलिया र मिली आचार्यले अभिनय गरेका छन् । सोही समारोहमा उषा थपलियाको कृति “नारी ! तिमी हारेकी छैनौ” र छोरी संविदा वाग्लेको कृति नवपल्लव को समेत पुर्वप्रधानमन्त्री नेपाल लगायत विभिन्न श्रष्टाहरुले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

Ad

 

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]