11:55:48 am 15-Oct-2019

छनु गुरुङको तीज गीत ‘छम छमी नाँचौन…’ सार्वजनिक


छनु गुरुङको तीज गीत ‘छम छमी नाँचौन…’ सार्वजनिक

काठमाडौं-नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा गायिका छनु गुरुङको स्वरमा रहेको तीज गीत ‘छम छमी नाँचौन…’ सार्वजनिक भएको छ । अमृत मरहठ्ठाको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको तीज गीत ‘छम छमी नाँचौन…’को भिडियो सार्वजनिक भएको हो ।
कमल राईले निर्देशन गरेको गीतको भिडियोमा छनुले नै कम्मर मर्काएकी छन् भने उनलाई नृत्य र अभिनयमा अमृतले साथ दिएका छन् । शिव ढकालले छाँयाकन गरेको भिडियोलाई तारा थापाले सम्पादन गरेका छन् ।
सुनबहादुर गुरुङले निर्माण गरेको गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।
केही समय पहिला गायक प्रताप दासको साथमा ‘के पो भनम्ला…’ बोलको गीतबाट चर्चामा आएकी गायिका छनुले यो वर्षको तीजमा बजारमा ल्याएको र यसले आफ्ना अन्य गीतलाई जस्तै दर्शक÷स्रोताको माया पाउने आशा रहेको बताइन ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]