08:35:24 am 26-Jan-2020

काला पत्थर बैठक सम्झाउन पुर्व मन्त्री देखि सगरमाथा आरोही सम्मको मौन व्रत


काला पत्थर बैठक सम्झाउन पुर्व मन्त्री देखि  सगरमाथा आरोही सम्मको  मौन व्रत

सुनसरी / दश बर्ष अगाडी माल्दिप्सको समुन्द्रमा पानी मुनी बसेको मन्त्री परीषदको बैठक र नेपाल सरकारले जलवायु परिवर्तनका मुद्दा बोकेर गरेको काला पत्थर बैठकका एजेन्डा स्मरण गराउन ईटहरीको तालतलैयामा पुर्व कृषि राज्य मन्त्री देखि सगरमाथा आरोहीहरु मौन व्रत बसेका छन ।

Ad

पुर्व कृषि राज्य मन्त्री तथा संघिय सांसद राम कुमारी चौधरी देखी दुई सगरमाथा आरोहीहरु शिव डांगी र मदन चुडाल मौन व्रत बसेका छन । बिहान ६ बजे बाट सुरु उनीहरुको मौन व्रत साँझ ६ बजे सम्म हुने आयोजकले जानकारी दिएको छ ।मन्त्री र सगरमाथा आरोहीहरु सहभागी मौन ब्रतमा ईटहरी आसपासका सयौं युवाहरूको समेत सहभागीता रहेको छ ।”बाह्र घन्टे मौन सन्देश विश्वलाई “नाम दिएको कार्यक्रम ईटहरीको पर्यटकीय क्षेत्र तालतलैयामा आज बिहान ६ बजे बाट सुरु भएको छ । मौन व्रत साझ ६ बजे सम्म सञ्चाल्न हुने कार्यक्रम संयोजक सुरेश कार्कीले बताए । मौन सन्देश भएकोले गफगाफ नगरी १२ घन्टा सम्म मौन व्रत बस्ने कार्कीले जानकारी दिए ।

ईटहरीको संगीत चौक बाट तालतलैया सम्म पौने घन्टा पैदल यात्रा पछी मौन व्रत सुरु भएको थियो । पैदल यात्रामा प्रदेश सांसद सर्वध्वज सावा,ईटहरी उपमेयर लक्ष्मी गौतमको समेत सहभागीता रहेको थियो । २०६६ साल मङ्सिर १९गते तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले ५२४२ मिटरको उच्चाईमा २० मिनेट कालापत्थर बैठक गरेको थियो । एक दशक अगाडी भएको मन्त्री बैठकले जलवायु परिवर्तनले नेपाल जस्तो हिमालयन देशमा संकट आएको भन्दै विश्व समुदायको ध्यान खिचेका थिए । विश्वको सबैभन्दा अग्लो स्थानमा मन्त्रीपरिषद् बैठक गरेर नेपालले २०६६ मङ्सिर २२ देखि पुस ३ सम्म डेन्मार्कको राजधानी कोपनहेगनमा हुने विश्व जलवायु सम्मेलन अगाडी विश्वको ध्यान तानेका थिए । नेपालले मन्त्रीपरिषद् बैठक गरेको एक दशक पछि पुनः त्यो मुद्दा सम्झाउन मौन व्रत कार्यक्रम गरिएको कार्यक्रमका सचिव सुनील कार्कीले बताए ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]