03:01:32 pm 18-Oct-2019

कृषि सचिव युवक र डि.जी. मतिना बैध कर्मचारी सङ्ग रकम असुलदै


कृषि सचिव युवक  र डि.जी. मतिना बैध कर्मचारी सङ्ग रकम असुलदै

काठमाडौं / कृषि तथा पशुपक्षी बिकास मन्त्रालयमा कर्मचारी तन्त्रमा भ्रष्टाचारको जालो दिन प्रतिदिन बढदै गईरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा भएको भ्रष्टाचारका कारण दुई जना निर्देशक सह-सचीवहरु नरहरी आचार्य र लक्ष्मन पौडेल भ्रष्टाचारको मुद्दामा अख्तियारले पत्र काटेपछी निलम्बनमा परेको छ । खाद्य तथा गुण नियन्त्रण बिभागको भ्यान खरीदमा १० करोड रकममा भ्रष्टाचार आरोप लागेको गुण नियन्त्रण बिभागका महानिर्देशक सन्जिप कर्ण अख्तियारमा परे पछि कृषि सचीव युवक ध्वज जिसीको प्रस्तावमा मतिना बैध जोशीलाई महानिर्देशक बनाएका हुन ।

Ad

 

चाड पर्व नजिकीए सङ्गै जिसी र जोशीको सेटीङ्गमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग मातहतका ४३ कार्यलयका सबै कर्मचारीहरुलाई रकम बुझाउने उर्दी नै जारी गरेका छन नाम नबताउने सर्तमा एक जना उपसचिवले हामीले माथी डि.जी. र सचीवलाई रकम बुझएनौ भने बढुवा नम्बर पाउदैनौ वा हामीलाई नराम्रो ठाउँमा सरुवा गरी दिन्छ्न । तेसैले हामी सचिव र महानिर्देशकको विरुद्धमा बोल्न मिल्दैन ।

आफुलाई दुईतिहाइ पार्टीका कम्युनिस्ट सचीव भन्न रुचाउने युवक ध्वज जिसी प्रध्यापन पेसा बाट सहसचिवमा आएका हुन । आफू भन्दा सिनियर सहसचिवहरुलाई पछाडी पार्दै तत्कालीन प्रचण्ड सरकार हुदा माओवादीको बुई चढेर सचीव पडकाएका जिसी आफू पेन्सन पनि नपाउने भएकोले मातहतका कर्मचारीहरु सङ्ग रकम लीएपछी मात्रै सरुवा बढुवा गर्ने गरेको मन्त्रालय स्रोत भन्छन । अवसरबादी स्वभाव रहेका सचिव जिसी निर्वाचनमा एमाले ठूलो पार्टी भए सङ्गै आफूलाई केपी ओली निकट भन्दै हिडने गरेको स्रोत भन्छन । सचिव जिसी लाई पटक पटक अख्तियारले पत्र काटे पनि सरकार निकट भएकै कारण जोगीदै आएको स्रोत भन्छन ।

२५ करोड प्राङ्गगारीक मल ,१० करोड युवा स्वरोजगार ,४ करोडको वेरहाउस निर्माण ,१० करोडको स्याउको बिरुवा खरीद, कमीसन नमिलेकै कारण सचिवले उक्त रकम फ्रीज गराएका हुन । सत्ता पक्ष निकट सांसदको कम्पनीले युरोप बाट ८ लाख स्याउको बिरुवा ल्याउन टेन्डर पारेको तर सचीव जिसी र कम्पनी बिच कमीसन नमिल्दा टेन्डर नै ख्यारेज गरि उक्त १० करोड रकम फ्रीज गराएका हुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागमा सचीव जिसी र महानिर्देशक बैधले सेटीङ्ग मिलाएर व्यपारी सङ्ग रकम असुली गर्ने काम गरि रहेको बिभागका एक जना उपसचिवले नाम नबताउने सर्तमा भनेका हुन ।

दुई जना सहसचिव र १७ जना उपसचिव दरबन्दी रहेको बिभागमा अनुगमन शाखा सह सचीवले पाउनु पर्नेमा एकजना जुनियर उपसचिव किशोर खत्रीलाई शाखा प्रमुख बनाएर सहसचिव उपेन्द्र रायलाई पेन्डुलम बनाएको बिभाग स्रोत बताउछन । खत्री सचीव जिसी निकट मानिन्छ । उपसचिव हुमाकुमारी बखीम मतिना सङ्ग निकट भएकै कारण २४ बर्ष देखी एकै ठाउँ बिभागमै बिताई रहेको स्रोत भन्छन । उपसचिवहरु कृष्ण प्रसाद राई ,बिमला न्यौपाने र नवराज दाहाल सचिव जिसीलाई प्रभावमा पारी १५ बर्ष देखी लगातार बिभागमै बस्दै आईरहेको र उनिहरु अहिले सम्म पावर लगाएरै बिभागमा बस्दै आइरहेको स्रोतले बताउँछन ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]