11:05:31 pm 16-Sep-2019

खाद्य तथा कृषि संगठन(एफ.ए.ओ) नेपाललाई भर्पुर सहयोग गर्न तयार


खाद्य तथा कृषि संगठन(एफ.ए.ओ) नेपाललाई भर्पुर सहयोग गर्न तयार

ईटाली / विश्व खाद्य तथा कृषि संगठन( एफ.ए.ओ.)का नवनिर्वाचित महानिर्देशक Dr Qu Dong Yu र कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरी बीच भेट बार्ता भएको छ । एफ.ए.ओ.को ४१ औं सम्मेलन बाट निर्वाचित डा यु (चीन )चार बर्षे कार्यकालको लागी निर्वाचीत भए सङ्गै विश्व भरी र बिशेष गरी एसिया क्षेत्रमा नयाँ आयाम थपीने विसवास लिएको छ ।

Ad

राज्य मन्त्री चौधरीले नेपालको खाद्य तथा कृषि क्षेत्रमा एफ.ए.ओ.ले गर्दै आई रहेको सहयोग प्रयाप्त नभएकोले यस्लाई निरन्तरता सङ्गै अब बन्ने योजनामा बिशेष जोड दिनु पर्ने कुरा बताइन । नेपाल कृषि प्रधान देश भएकोले कृषिमा आधारीत उधोगहरु संचालित गर्न सकीने अवस्था भएकोले एफ.ए.ओ.ले प्राबिधिक सहयोग गर्नु पर्ने बताइन् ।

नेपाल संघीय प्रणालीमा गए सङ्गै स्थायी सरकार गठन भए सङ्गै सबै क्षेत्रमा लगानी भित्री रहेको र बिकासले गती लिएको बताइन । डा युले आफू नेपालको छिमेकी भएकोले नेपाल सङ्ग आफू परीचीत भएको बताए । आफ्नो कार्यकालमा नेपाललाई भर्पुर सहयो गर्ने डा यु ले बताए ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]