12:56:45 pm 26-May-2020

दिनरात नभनी स्वास्थ्य सेवामा क्रियाशिल छन् गोपाल केसी


दिनरात नभनी स्वास्थ्य सेवामा क्रियाशिल छन् गोपाल केसी

अरुले यसो ग¥यो उसो ग¥यो, यो गरेन त्यो गरेन भन्नु भन्दा आफले के गर्ने, कसलाई गर्ने, किन गर्ने र किन नगर्ने भन्ने कुरा मनन गरी केही न केही गर्नु पर्दछ भन्ने सोच राख्ने स्वास्थ्यकर्मी हुन् गोपाल केसी ।
हालको नवलपूर जिल्ला मध्यबिन्दु नगरपालिका बडा नं २ मा आज भन्दा ३७ बर्ष अगाडि बुवा स्वः पूर्ण बहादुर केसी र आमा राधा केसीको कान्छो छोराको रुपमा जन्मिएका हुन् गोपाल । बाल्यकालदेखि नै उहाँ सडक बालबालिका लगायत असहायहरुको सेवामा रुची राख्ने गोपाल जुन काम गर्छन त्यसमा लागि परेर नै गर्छन ।
ललित पोलिटेक्नीकल इन्सस्टीच्युटमा स्वास्थ्य सम्बन्धी अध्यन शुरुवात गरेका केसी बज्रबराही स्वास्थ्य केन्दबाट स्वास्थ्य सेवामा क्रियाशिल भएका गोपाल केसीले डाक्टर , ल्याब सहितको टिमसँग मिलेर बुढानिलकष्ठ नगरपालिका बडा नं १० कपन बालुवाखानी चोकमा बालुवाखानी हेल्थ केयर सेन्टर प्रा.लि सञ्चालन गरेर दिनरात सेवामा आफुलाई सर्मपित गरेका छन् ।
२०७२ सालको भूक्म्पको बेलामा पनि बिभिन्न स्थानमा पुगेर आपतकालिन स्वास्थ्य सेबा दिएको अनुभव संगालेका केसी यतिबेला बिश्व नै यतिबेला कोराना भाईरसको मारामारीमा जुधीरहेको बेला पनि उनी बढी भन्दा बढीलाई कसरी स्वास्थ्य सेवा दिन सकिन्छ भनेर लागिपरेका छन् ।
आफ्नो पेशा प्रती इमानदार र जिम्मेवार व्याक्तीको रुपमा चिनिएका गोपालको श्रीमति र १ छोरी छन् । श्रीमति पनि स्वास्थ्य क्षेत्रकै भएकाले उनले गरेको काममा परिवारको दरिलो साथ पाएका छन् ।
बिहान देखि बेलुका सम्म निरन्तर हेल्थ केयर मार्फत सेवामा सक्रिय गोपाल बिरामीको उपचार र सेवाको लागि कपन क्षेत्रमा परिचित छन् । बिदेशको समेत भ्रमण गरेर अनुभव हासील गरेका गोपाल खेलकुद र फोटो ग्राफीमा रुची राख्छन् । भलिवलमा जिल्ला स्तरका खेलसमेत खेलेका उनी अरुलाई सेवा गर्न पाउदाँ खुशि लाग्ने बताउछन् । अझ बिरामी भएर आएको मान्छे नम्र ब्यबहार र सरल स्वभावका धनी केसीको हेल्थ केयर सेवाग्राहीहरुको भिड हुने गर्द्छ ।
डिजिटल एक्स रे, भिडियो एक्स रे, इसिजी, प्याथोलोजी ल्याव दैनिक ओपिडी सेवा फार्मेसी सेवा लगायतको सेवा उनको हेल्थ केयरले दिने गरेको छ । कोरोना कहरले दुनियाँ आतङ्कित हुँदै गर्दा उनी भने बिहानदेखि बेलुका सम्म सेवामा लागिरहेका छन् ।
२०६६ सालदेखि काठमाण्डौमा आफनो कर्म थलो बनाएका केसी बिगत ५ बर्ष देखि कपन बालुवाखानीलाई आफनो कर्मथलो बनाएर काममा लागि परेका छन् । गित सुन्ने, पत्रपत्रिका पढन रुची राख्ने केसी हेल्थ केयर मार्फत असाहय गरिब तथा अशक्तहरुलाई निःशुल्क सेवा दिने गर्दछन् । यतिबेला पुरै देश लकडाउनमा रहेका बेला पनि उनि नियमित हेल्थ केयर खोलेर आममानिसलाई स्वास्थ्य सेवा दिईरहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]