12:00:38 pm 15-Oct-2019

हिन्दु इकोनोमी फोरमको नेपाल शाखा गठन, अध्यक्षमा बैद्य


हिन्दु इकोनोमी फोरमको नेपाल शाखा गठन, अध्यक्षमा बैद्य

काठमाडौं- विश्व हिन्दु इकोनोमी फोरमका अध्यक्ष स्वामी बिग्यानन्दको उपस्थितिमा प्रदीप मान बैधको अध्यक्षतामा हिन्दु इकोनोमी फोरम नेपाल शाखाको गठन भएको छ।
फोरमको नेपाल शाखाको उपाध्यक्ष गोपाल तीवारी र कार्यकारिणी सदस्यहरुमा राजकुमार सिन्धी, सुरेन्द्र शाही ठकुरी, सीता अधिकारी, माहाबिर घिरैया, सुबाश भण्डारी, बासुदेवप्रसाद गौतम, कमलेश अग्रवाल र प्रनव प्रधान रहनु भएको छ ।

त्यसैगरी सल्लाहकार समितिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष चन्डीराज ढकाल, बर्तमान उपाध्यक्ष किशोर कुमार प्रधान, डीबी बस्नेत, अशोककुमार बैद्य र ओमप्रकाश सिकारीया रहनु भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि स्वास्थ राज्य मन्त्री सुरेन्द्रकुमार यादब, बिशेष अतिथिहरुमा नेपालका लागि भारतीय राजदूत मन्जित सिंह, भारतीय राज्यसभा सदस्य तथा पूर्वमन्त्री सीपी ठाकुरलगायतका प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति थियो ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले गर्नुभएको थियो ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]