11:00:44 pm 16-Sep-2019

उत्पादनमा वृद्धि गर्न कृषिवन प्रणाली आवश्यक रहेको कृषि राज्यमन्त्री चौधरीको भनाइ


उत्पादनमा वृद्धि गर्न कृषिवन प्रणाली आवश्यक रहेको कृषि राज्यमन्त्री चौधरीको भनाइ

काठमाडौं-कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीले उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषिवन प्रणालीलाई जोड दिन आवश्यक रहेको बताएकी छन् । दक्षिण एशियायी कृषि वन सम्मेलनको उत्घाटन गर्दै राज्यमन्त्री चौधरीले राष्ट्रिय कृषिवन नीतिले कृषि, पशुपालन र वनका क्रियाकलापहरुलाई भूमिको एउटै इकाईमा एकिकृत रुपले अभ्यास गर्न मदत पुग्ने बताइन्।
नेपालको अर्थतन्त्रमा कृषि, पशुपालन र वन क्षेत्रले महत्त्वपूर्ण योगदान गर्दै आइरहेको सन्दर्भमा खाली तथा बाँझो जमिन, वन्यजन्तु प्रभावित क्षेत्र तथा अन्य सिमान्तकृत भूमीको उपयोग गर्नुका साथै कृषि, पशुपालन र वन बिकासका कार्यहरुलाई एकिकृत रुपमा कृषि वन प्रणालीमार्फत सन्चालन गर्दा प्रति ईकाइ जमिनको उत्पादकत्वमा वृद्धि भइ खाद्य सुरक्षा ,रोजगारी, जिवीको पार्जनको अवसरहरु सिर्जना हुने राज्यमन्त्री चौधरीले बताइन् । जैविक विबिधता तथा भूमीको संरक्षण, जलवायु परिवर्तनको नकारात्मक प्रभावहरुको न्यूनीकरण र अनुकूलतामा सकारात्मक योगदान पुग्ने राज्यमन्त्री चौधरीले बताइन् ।
किसानलाई दाउरा, घाँस, स्याउला, गाउँघरमा औषधीको रुपमा प्रयोग हुने जडिबुटी आदिको लागि वनमा आस्रित हुन्छन् । त्यसको लागि टाढाको वनमा जाँदाआउँदा बढी समय लाग्ने र महिलाहरुलाई विशेष गरि धेरै नै बोझ हुने र आफ्नै जग्गामा उपयुक्तता हेरी रुख बिरुवा लगाउनेले वनमा जान नपर्ने भएपछि किसानलाई नै फाइदा हुने राज्य मन्त्री चौधरीले बताइन् । कार्यक्रममा कृषि र वन मन्त्रालयका सचीव ,सहसचिव र कृषि र वन क्षेत्रका बिज्ञहरुको उपस्थित रहेको थियो । कार्यक्रम असार १७ र १८ गरि दुई दिनसम्म चल्ने वन मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]