03:11:24 pm 18-Oct-2019

बिचौलीयालाई तीनै तहमा प्रवेश निषेध गर्नु पर्छ- राज्यमन्त्री चौधरी


बिचौलीयालाई तीनै तहमा प्रवेश निषेध गर्नु पर्छ- राज्यमन्त्री चौधरी

काठमाडाैं-कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री रामकुमारी चौधरीले सरकारको तिनै वटा तहमा बिचौलीयाहरुलाई प्रवेश निषेध गर्नु पर्ने बताएकी छन् । कृषि तथा पशुपक्षी बिकास मन्त्रालय र कोरीयन ईन्टरनेसनल कोप्रेसन एजेन्सी (काेइका)द्वारा आयोजित अन्तरक्रियात्मक कार्यशालामा बोल्दै उक्त कुरा बताइन् । अहिले सरकारले सिमा पारीबाट मासुजन्य खसी, बोका, राङ्गा, भैंसी र कुखुरा आयातमा रोक लागाएको कारणले नै आफ्नै देशमा उत्पादन गर्न कृषकहरु लागिपरेको मन्त्री चौधरीले बताइन् । आयात गरेर देश कहिल्यै आत्मनिर्भर हुन नसक्ने उनले बताइन् । दशै तिहारमा बाहिरबाट खसी बोका नल्याए नपुग्ने कुरा निराधार समेत भएको बताइन । मासु जन्य बस्तु बाहिरबाट आयत मात्रै भैरहने हो भने देश कहिल्यै आत्मनिर्भर नहुने मन्त्री चौधरीले जिकिर गरिन् । यो आबमा मासुजन्य बस्तुमा सापेक्षी वृद्धि भएको उनले बताइन् । त्यसै गरि फलफूल र सागसब्जीमा पनि उत्पादन बढाउन आयात बन्द गर्न सरकारल्र जोड दिने राज्यमन्त्री चाैधरीले बताइन् । ‘नेपालकै जुम्ला, हुम्ला, मुस्ताङ र मनाङ्गको स्याउ नेपाली बजारमा १०० रुपैयामा बिक्दैन । कृषकले गाइबस्तुलाई खोले बनाएर खुवाएको समाचार आउछ्न् तर चीन, पाकिस्तान र कश्मिरको स्याउ ३०० देखी ४५० रुपैया प्रति किलो किनेर नेपाली जनताले खाइरहेका छन् । प्रचारबाजी र बिज्ञापनको भरमा बाहीरको स्याउ महगोमा बिक्ने र त्यही स्तरको नेपाली स्याउ नबिकेर नेपाली किसान हैरान भएका छन् । बिचौलीया कमिसन खाएर मोटाएका छ्न् । नेपाली किसान कुपोषीत भैइरहेका छन् । यस्तो अवस्था लामो समयसम्म जान दिनुहुँदैन,’ राज्यमन्त्री चौधरीको कथन थियो । पाउडर दुध आयातमा रोक लगाएपछि बिचौलीयाहरुले निकै कृषि मन्त्रालयको नकारात्मक प्रचारबाजी गरेको तर आफुहरु पछि नहटेकै कारणले मुलुक दूधमा आत्मनिर्भर बन्दै गएको मन्त्री चौधरीले बताइन् ।
अहिले तेसै कारणले किसानको दुध सडकमा पोखिने दिन गएको उनले बताइन । नेपाली किसानले कृषि तथा पशुपक्षी बिकास मन्त्रालय /संयुक्त रास्ट्र संघ बिकास कार्यक्रम फलफुल तथा तरकारी मुल्य शृङ्खला बिकासका लागि पालिका आयोजना बिच सहकार्य तथा सझेदारी विषयक अन्तरक्रियात्मक कार्यशालामा नगर प्रमुख, उपप्रमुख गाउपालीका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी अधिकृतहरुको प्रश्नकाे जवाफ दिँदै राज्यमन्त्री चौधरीले भनिन्पर, ‘पहिला सबै नगर र गाउँपालिकाहरुमा बिचौलीयालाई प्रवेश निषेध गर्नुस् । तेसपछी प्रदेश र संघबाट गएका योजना कार्यक्रमहरुको निगरानी र अनुगमन गर्नुहोस् । बिकास हुनबाट कसैले रोक्न सक्दैन । आफू ठिक संसार ठिक, आफू बेठिक संसार बेठिक ।’
कार्यशालाको मुख्य उद्देश्य पालिका र आयोजनाबिचको सहकार्य तथा साझेदारीलाई औपचारिकता प्रदान गर्ने र पालिकाको समग्र आर्थिक बिकासका लागी फलफुल तथा तरकारी मुल्य श्रङखला बिकासको महत्व बारे रहेको थियो । प्रदेश ३ र गण्डकी प्रदेशका ९ जना नगर प्रमुखहरु र ५ जना नगर उपप्रमुखहरु, १० जना गाउँपालिका अध्यक्षहरु र ४ जना उपाध्यक्षहरु, २४जना प्रमुख प्रशासकीय अधिकृतहरु, ४ जना कृषि अधिकृतहरु र मन्त्रालय बिभागबाट उपस्थित रहेको थियो ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]