11:05:37 pm 16-Sep-2019

खाद्य तथा कृषि संगठनको सेसनमा राज्यमन्त्री चौधरीको संबोधन

भनिन्ः मुलुकलाई कृषि तथा पशुपंक्षी उत्पादनमा केही बर्षभित्रै आत्मनिर्भर बनाउने छौं


<span class="entry-title-primary">खाद्य तथा कृषि संगठनको सेसनमा राज्यमन्त्री चौधरीको संबोधन</span> <span class="entry-subtitle">$भनिन्ः मुलुकलाई कृषि तथा पशुपंक्षी उत्पादनमा केही बर्षभित्रै आत्मनिर्भर बनाउने छौं </span>

ईटाली- कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४१ औ सेसनलाई सम्बोधन गरेकी छन् ।

Ad

सम्बोधनमा राज्यमन्त्री चौधरीले नेपालसँग एफएओको ४२ बर्षदेखिको सहकार्य रहेको बताउँदै खाद्य सुरक्षा तथा स्वच्छता, कृषिको व्यवसायीकरण, बजारीकरण, प्राकृतिक श्रोतको संरक्षण तथा बैज्ञानिक उपयोगको क्षेत्रमा खेलेको भुमिका साराहनीय रहेको उल्लेख गरिन् । एफएओले वातावरण अनुकुल, खाद्य स्वच्छता र बिरुवा तथा पशुपक्षी क्वारेन्टाइन अभियानमा प्राबिधिक सहयोग गर्दै आइरहेको बताउँदै राज्यमन्त्री चौधरीले यसलाई निरन्तरता दिनु पर्ने भनाइ सेसनमा राखिन् । ग्रामीण एवं कृषि क्षेत्रबाट श्रमको पलायन तथा बिशेष गरी ग्रामीण क्षेत्रमा रहेका साना कृषकहरुको आय तथा जीवनस्तर सुधार गर्न र कल्याणकारी कार्यक्रम प्रवर्द्धन गर्न यो सम्मेलनले सम्बोधन गर्ने विश्वास राज्य मन्त्रीले व्यक्त गरिन् ।

नेपालले खाद्य संप्रभुता र खाद्य अधिकारलाई संबिधानमै मौलिक हकको रुपमा स्थापित गरिसकेको स्मरण गर्दै उनले यसको कार्यन्वयनका लागि आधारभूत कानुनहरुको तर्जुमा तथा मौजुदा कानुनहरुमा समसामयिक परिमार्जन भैसकेको मन्त्री चौधरीले बताइन् । नेपाल सरकारले कृषि क्षेत्रको दिगो बिकास र कृषि पेसालाई सम्मानजनक, सुरक्षीत तथा आकर्षक बनाउन र किसानको आय वृद्धि तथा कृषकको कल्याणको लागि बीस बर्षे कृषि बिकास रणनीति (२०१५।२०३५)कार्यान्वयनमा ल्याएको बताइन् । नेपाल सरकारको संबृध्द नेपाल र सुखी नेपाली नारा साकार पार्न १५ औ आवधिक योजना आर्थिक बर्ष २०७६।०७७को नीति तथा कार्यक्रमले समेत कृषि तथा पशुपंक्षी उत्पादनमा केही बर्षभित्रै आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प लिएको मन्त्री चौधरीले बताइन् । सम्मेलनमा १९२ देशका कृषि मन्त्री तथा उच्च पदका कर्मचारीहरुको सहभागीता रहेको छ । सम्मेलनले कृषि, ग्रामीण किसानहरुको बिकास र अन्तर सम्बन्धित मुद्दाहरुमा कृषिमा आधारित अर्थतन्त्र भएका देशहरुका लागी भावी रणनीति तयार गर्ने अपेक्षा गरिएको छ । सम्मेलन २२ जुन देखी २९ जुन सम्म चल्ने जनाइएको छ ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]