08:26:20 pm 16-Nov-2019

अख्तियारको निगरानीमा कृषि सचिव र खाद्य बिभाग


अख्तियारको निगरानीमा कृषि सचिव र खाद्य बिभाग

काठमाण्डौं / कृषि तथा पशुपक्षी बिकास मन्त्रालय अन्तरगतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र खाद्य तथा गुण नियन्त्रण बिभागले मोबाईल भ्यान खरिद प्रकरणमा भएको २४ करोड भ्रष्टाचार मुद्दामा एकपछि अर्को कर्मचारीहरु फन्दामा पर्दैगईरहेको छन् ।

Ad

मन्त्रालयका सह-सचिव नरहरी आचार्यलाई अख्तियारले मुद्दा दर्ता गरेलगत्तै अर्का सह-सचिव लक्ष्मण पौडेल र खाद्य तथा गुण नियन्त्रण बिभागका महानिर्देशक सन्जीप कर्णलगायत १३ जना उप सचिव र अधिकृतहरुलाई २०७६ असार ५ गते बिशेष अदालतमा मुद्दा दायर गरेको छ । यसरी कृषि मन्त्रालयमा एक पछी अर्को काण्ड मचिदै जाँदा कृषि सचीव युवकध्वज जिसी लाई पनि अख्तियारले पटकपटक बोलाएर सोधपुछ गरि सकेको स्रोतले बताएकाे छ ।

मानवले उपभोग गर्ने खाद्य पदार्थको गुणस्तरीय चेकजाच गर्ने जिम्मेवार निकाय खाद्य तथा गुण नियन्त्रण बिभाग भ्रष्टाचारको अखडा बन्दै गईरहेको सन्दर्भमा महानिर्देशक मतिना बैध जोशी तेसैलाई निरन्तरता दिरहेकी छन् । अनुगमनलाई निरन्तरता र तिब्र बनाउनु पर्ने मन्त्रालयको कडा निर्देशनलाई बेवास्ता गर्दै महानिर्देशक जोशीले मन्त्रालयका कृषि सचिव जिसीसङ्ग सेटिङ्ग मिलाएर बजार अनुगमन गर्ने डर देखाउदै व्यवसायीहरु सङ्ग रकम असुली गर्ने गरेको व्यवसायीहरु बताउँछन् । केही व्यवसायीहरु अनुगमनको नाममा बिभागले रकम मागेको र रकम नदिदासम्म अनुज्ञा पत्र नदिने गरेको भन्दै मन्त्रालय, प्रधानमन्त्री कार्यालय र अख्तियारमा समेत निवेदन दिएको स्रोत बताउँछ ।

मन्त्रालय र बिभाग मातहतका सहसचिवहरु, उपसचिवहरु, अधिकृतहरुलाई बढुवा नम्बर बढि दिने र चाहेको ठाउँमा पठाई दिने भन्दै कर्मचारीहरुलाई बानेश्वरका होटेल, रेस्टुरेन्टहरुमा कृषि सचिव युवकध्वज जिसीका भतिज कृष्णध्वज जिसीले बार्गेनिङ गर्ने गरेकाे नाम नबताउने सर्तमा एक जना उपसचिवले बताए । मन्त्रालयको कम्तीमा २ बर्ष एक ठाउँमा बसिसकेकाहरुलाई अर्को ठाउँमा सरुवा गर्ने निर्णयलाई लत्याउदै खाद्य तथा गुण नियन्त्रण बिभागकी महानिर्देशक जोशीको प्रलोभनमा परेर १ बर्ष मात्रै बसेकाहरुलाई सरुवा गरेको र एकै ठाउँमा १५/१५ बर्ष सम्म बसेकालाई भने फेरि उही ठाउँमा राखेको भन्दै बिभाग र मन्त्रालयमा खैलाबैला मचिरहेको एक जना अधिकृतले बताए ।

१७ जना उपसचिवको दरबन्दी रहेको बिभागमा को, कुन ठाउँमा कति बसे?

हुमा कुमारी बखिम २४ बर्ष बिभाग , कृष्ण प्रसाद राई १५ बर्ष बिभाग ,बिमला न्यौपाने १५ बर्ष बिभाग ,नवराज दाहाल १५ बर्ष बिभाग ,क्षीतिज श्रेष्ठ १५ बर्ष बिभाग ,बिजय खनाल ६ बर्ष बिरगंज ,प्रमोद कोयराला ५ बर्ष बिराटनगर ,हेमन्त गौतम ५ बर्ष बिभाग ,किशोर खत्री ४ बर्ष बिभाग ,हस्त राई ४ बर्ष भैरहवा ,भिम प्रसाद पुलामी ३ बर्ष बिभाग ,बिमल दाहाल २ बर्ष बिभाग ,ज्ञानेन्द्र मंडल १ बर्ष जनकपुर ,राजकुमार रीजाल १ बर्ष बिभाग ,सुमन धिताल १ बर्ष धनगढी ,सोमकान्त रिजाल १ बर्ष हेटौडामा कार्यरत ।

यसरी सरुवा बढुवामा देखिएको अनियमितता र व्यवसायीहरु सङ्गको रकम असुलीको हल्ला खाल्ला चले सङ्गै अख्तियारले बिभाग र मन्त्रालयमा गोपिय ढङ्गले आफ्नो कर्मचारीहरुलाई परिचालन गरि निगरानी बढाएको समेत जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]