11:05:30 pm 16-Sep-2019

बाराको प्रसौनी गाउँपालिकाका योजनाप्रमुखका सहयोगी १५ हजार घुससहित पक्राउ


बाराको प्रसौनी गाउँपालिकाका योजनाप्रमुखका सहयोगी १५ हजार घुससहित पक्राउ

हेटौंडा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले बाराको प्रसौनी गाउँपालिकाका योजना प्रमुख विनोद यादवले घुस लिन खटाएका आसपुरन कुशबाहालाई पक्राउ गरेको छ । योजना प्रमुख यादवले कुशबाहलाई सेवाग्राहीसँग घुस लिन खटाएको खुलेको अख्तियारका क्षेत्रीय कार्यालय हेटौंडाका अधिकृत कृष्ण सुवेदीले जानकारी दिए । कुशवाहलाई १५ हजार रुपैयाँ घुससहित प्रसौनीकै वडा नम्बर १ बाट पक्राउ गरिएको हो । सहयोगी पक्राउ गरेपछि योजना शाखा प्रमुख यादव भने कार्यालयबाटै फरार भएका छन् । अख्तियारको टोलीले कुशवाहलाई कारबाहीका लागि हेटौंडा लगेको छ । घुस लिन निर्देशन दिने योजना शाखा प्रमुख यादवको खोजी भइरहेको अख्तियारले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]