03:05:52 pm 18-Oct-2019

‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख

नेपालमा डिजिटल भुक्तानी बढ्दो


<span class="entry-title-primary">‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख</span> <span class="entry-subtitle">$नेपालमा डिजिटल भुक्तानी बढ्दो</span>

काठमाडौं-डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ ।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । सुरुवात देखि नै खल्ती नविनतम प्रविधि तथा सेवामार्फत मानिसको जीवन सहज बनाउन केन्द्रीत रहेको छ । बजारमा आएको दुई वर्षमै खल्तीले यो कोशेढुंगा पार गर्न सफल भएको हो ।
यति छोटो अवधिमै पाँच लाख एन्ड्रोइड एप डाउनलोडको उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनले बताए ।
एप डाउनलोड संख्या पाँच लाख नाघेको अवसरमा खुशी व्यक्त गर्दै प्रबन्ध निर्देशक मोदीले थपे, ‘अहिले दैनिक रुपमा दशौँ हजार प्रयोगकर्ताहरुले खल्ती वालेटमा पैसा लोड गरेर विभिन्न डिजिटल भुक्तानीका लागि खर्च गर्नुहुन्छ । यति छोटो अवधीमै यति धेरै प्रयोगकर्ताले खल्ती प्रयोग गर्नु हाम्रा लागि निक्ै उत्साहजनक छ । प्रयोगकर्ताहरुको यस्तो प्रकारको प्रतिकृयाले हामीलाई अझै तीब्र रफ्तारका साथ डिजिटल भुक्तानी सेवालाई देशैभर विस्तार गर्न उत्साह प्रदान गरेको छ ।’
मानिसको हातहातमा मोबाइल छ । डिजिटल भुक्तानी फस्टाउँदो क्रममा छ । नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार नेपालमा मोबाईल सेवाको पहुँच १३७ प्रतिशत भन्दा धेरै छ । अरु ६५ प्रतिशत जनसंख्याले तीब्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छ्न् । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ८३ लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र ९ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । तथापि, विश्व बैंकले सन् २०१७ मा प्रकाशित गरेको तथ्याङ्क अनुसार ४५ प्रतिशत नेपालीहरुको मात्रै बैंकमा खाता छ । यस्तो अवस्थामा खल्तीले बैंकिङ पहुँच बाहिर रहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याउन र वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।
सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता सेवाहरु लिन सकिन्छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]