11:55:48 am 15-Oct-2019

‘युवाहरुले आँट मात्र गरे देश सभ्य र समृद्ध बन्छ’

लियो जिल्ला परिषदको पद हस्तान्तरण


<span class="entry-title-primary">‘युवाहरुले आँट मात्र गरे देश सभ्य र समृद्ध बन्छ’</span> <span class="entry-subtitle">$लियो जिल्ला परिषदको पद हस्तान्तरण</span>

काठमाडौ-लियो जिल्ला परिषद ३२५ वि २ द्वारा आयोजित जिल्ला परिषदको पद हस्तान्तरण लियो प्रशिक्षण तथा बोर्ड बैठक राजधानीमा सम्पन्न भएको छ । कार्यक्रममा देशभरबाट करिव ५ सय जना युवाहरु भेला भएका थिए । कार्यक्रममा अध्यक्ष लियो ताराप्रसाद गुरागाँईले बर्ष २०१९।२० काअध्यक्षलाई पद हस्तान्तरण गर्नुभयो ।
हामी सेवा गर्छौ भन्ने मुख्य उद्देश्यका साथ खोलिएको लायन्स क्ल्बको युवा संगठन लियो क्लबमा देशभरमा करिब ३५० क्लब छन् भने ११० क्लब बि २ मा रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यूवाहरुले आँट मात्रै गरे नेपाल संसारकै सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताउनु भयो । पुरानो प्रविधि, श्रोत साधनबाट समेत देशलाई युगान्तकारी परिवर्तन गर्न सफल भएको स्मरण गर्दै उहाँले अहिलेको यूवाहरुले चाहे, संकल्प गरे नेपालले संसारका अन्य राष्ट्रसरह विकाश र प्रगतिको फड्को मार्ने कुरामा विश्वस्त रहेको कुरा उल्लेख गर्नुभयो । लियो क्ल्बमा आबद्ध युवाहरुले सामाजिक न्यायको निम्ति भूमिका खेल्दै नेपालमै बस्नको निम्ति वातावरण बनाउनु पर्ने आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रममा बिशिष्ट अतिथि प्रहरी महानीरिक्षक सबेन्द्र खनालले लियोमा आवद्ध यूवाहरुले देशका विभिन्न अपराध न्यूनिकरण गर्न अहम भुमिका खेल्नुपर्ने बताउनुभयो । यस्तै अर्का बिषेश अतिथि बैंकर अनिलकेशरी शाहले युवाहरुलाई नेपालमै केहि गरेर देखाउन र बिदेशमा रहेका युवाहरुलाई नेपालमा आउन आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रममा विश्वलाई सात फन्को लगाएको र संसारकै सर्वोच्चशिखर सगरमाथालाई करिव ४५ मिनेट होचो बनाएको अनुभव विश्व साइकल यात्री पुष्कर शाहले सुनाएका थिए । संसारको विभिन्न ठाँउको तिता मिठा अनुभव यूवाहरुलाई सुनाउदा लियो सदस्यहरुले मज्जा मानिरहेका थिए । यस्तै मोटिभेशनल ट्रेनर अनन्तराज घिमिरेले युवाहरुलाई देशको इज्जत बढाउनुपर्ने लगायतका सुझाब दिएका थिए ।
कार्यक्रममा लियो चियरम्यान लायन्स सुदिप कोईराला, लियोका पुर्वसचिव लायन्स अर्चित श्रेष्ठ, इसामे प्यानलिष्ट लियो रोशन बर्नवाल, लायन्स एम. एल पाण्डेलगायतले लियो युवाहरुलाई प्रशिक्षण दिएका थिए ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]