07:54:56 am 17-Apr-2021

ब्यबस्था परिर्वतन भए पनि नेतृत्व परिर्वतन भएन: परिवार दल अध्यक्ष ढकाल


ब्यबस्था परिर्वतन भए पनि नेतृत्व परिर्वतन भएन: परिवार दल अध्यक्ष ढकाल

काठमाण्डौ- नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वामन्त्री एकनाथ ढकालले ब्यबस्था परिर्वतन भए पनि नेतृत्व परिर्वतन नभएकोले देशले बिकासको गति लिन नसकेको बताएका छन् ।

काठमाण्डौ-कणाली प्रदेश सम्पर्क समितिद्धारा मङलबार राजधानीमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । अध्यक्ष ढकालले अहिलेको परिर्वतनलाई संस्थागत गर्नको लागि नयाँ सोच सहितको नयाँ नेतृत्वको आवश्यकता रहेको बताउँदै नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसाथ गदै अगाडि बढेको उल्लेख गरे । अध्यक्ष ढकालले युवाशक्तिलाई सही रूपमा परिचालन गर्न सके त्यसले देशको भविष्य उज्यालो पार्दछ, भन्दै, ‘युवाहरुले सदैव सकारात्मक सोच, देशभक्तिको भावना लिएर अगाडि बढ्नुपर्छ ।’ युवायुवतीहरुलाई समष्टिगत भलाइको दृष्टिकोणबाट सेवा, त्याग र समर्पणको मार्गतर्फ अभिप्रेरित गर्नु आजको आवश्यकता रहेको उनले बताए ।
समारोहमा बोल्दै दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने पुल बन्ने बताए । परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले नयाँ बिचार दिएर हिडेको राजनीतिक दललाई ठूला भनाउँदा दलहरु उठन नदिएको बताउँदै यस्को बिरुद्धमा अव युवाहरुले आवाज उठाउने बेला आएको बताए ।
नेपाल परिवार दलकी केन्द्रीय सदस्य जानकी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य मिलन कुमारी राजबंशी नेपाल दलित पत्रकार संघका अध्यक्ष एवम् पूर्व सभासद बिनोद पहाडी दलका केन्द्रीय सदस्य मनोज कुमार सुर्खेति, गणेश लक्ष्मी प्रसाद भण्डारी, लगायतका उपस्थति रहको थियो । भेलाले काठमाण्डौ– लुम्बनी सम्पर्क समितिको संयोजकमा बुद्धिमाया पुनलाई, चयन गरको छ ।
परिवार दलद्धारा कलाकार सम्मानित
लामो सयय देखि कला,साहित्य तथा विभिन्न क्षेत्रमा क्रियाशील रहेर समाज बिकासमा उत्कृष्ठ योगदान गरेका कलाकारहरुलाई परिवार दलले सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा  लोक दोहोरी प्रतिष्ठान लुम्बनीको संयोजक दुर्गा नेपाल, चर्तित लोक गायक खुमन अधिकारी, बालचन्द्र बराल ,रामचन्द्र चन्द , राजेन्द्र कुमार कार्की, बिशाल रायमाझी, गायिकाहरु शर्मिला बिश्वकर्मा, हरीमायाँ रायमाझि, रामु भुजेल, भूमिका पुन तथा कलाकार गाबिन्ध सुबेदी रहेका छन् । सोही अवसरमा कलाकारहरुले आफ्नो साँङगेतिक प्रस्तुति प्रस्तुत गरेकी थिईन ।  

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]