09:20:43 am 17-Feb-2020

सरकारसँगको तीन बुर्दे सहमति कार्यान्वयन गर्न परिवार दलको माग


सरकारसँगको तीन बुर्दे सहमति कार्यान्वयन गर्न परिवार दलको माग

काठमाण्डौ-नेपाल परिवार दलको केन्दीय समितिको बैठक काठमाडौमा बुधबार बसेको छ । उपलब्ध केन्द्रीय सदस्यहरुको सहभागितामा भएको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्बाचन २०७४ को शिलशिलामा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भएको तिन बुदे सहमति कार्यान्वयन गर्न नेकपा तथा सहमतिमा हस्ताक्षरकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीकोे गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको पार्टी सचिव गोबिन्दनाथ मिश्रले जानकारी दिए । परिवार दलले तत्कालिन नेकपा एमालेसँग सहमति गरेर गत निर्बाचनको बेला वाम गठबन्धनलाई सघाएको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख छ ।
दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले समान दृष्टिकोण, मुद्दा तथा लक्ष्य भएका विभिन्न राजनैतिक दलहरु, स्वतन्त्र व्यक्तित्व तथा समूह लगायतसँग बार्ता गरि सहकार्य, एकीकरण वा पार्टीमा प्रवेश गराउन महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा राजनैतिक बार्ता समिति गठन गरेको छ । समतिका सदस्यहरुमा रुपसिंह भण्डारी, गणेश कुमार श्रेष्ठ, रामचन्द्र चौधरी, बिजयराज कट्टेल रहेका छन् । त्यस्तै गरी बैठकले पूर्व सांसद मिलन राजबंशीको संयोजकत्वमा सामाजिक बार्ता समिति पनि गठन गरेको छ । जसका सदस्यहरुमा लक्ष्मीप्रसाद भण्डारी, राजेशकुमार बिष्ट रहेका छन् ।
बैठकले कालापानी, लिपुलेख र लिम्पियाधुराको नेपालको भूभाग समाबेश गरि नेपालको नक्शा प्रकाशन गर्न तथा नेपाली भूमिको पुर्ण रुपमा संरक्षण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । बिदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले पनि सोहि देशबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्बाचन आयोग तथा नेपाल सरकारसँग आग्रह गर्ने अर्को निर्णय गरेको छ । साथै राष्ट्रसेवक कर्मचारीहरुले पनि निर्बाचनको शिलशिलामा आँफू काजमा खटिएको स्थानबाटै समानुपातिकतर्फको मतदान गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्ने पार्टीले निर्णय गरेको छ ।
बैठकलले राष्ट्रब्यापी रुपमा पार्टीको प्रशिक्षण, सदस्यता वितरण तथा संगठन विस्तार गर्न दलको सबै तह र तप्का क्रियाशील रहने गराउने निर्णय गर्दै प्रशिक्षणको लागि केन्द्रिय सदस्यहरु रुपसिंह भण्डारी, लक्ष्मीप्रसाद भण्डारी, अशोककुमार चौधरीलाई खटाउने निर्णय गरेको बैठकमा सहभागि केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै बेठकले देशभरी चिसो मौसमका कारण पिडित नागरिकहरुलाई आबश्यक सहयोग गरि जाडोबाट सुरक्षित हुने ब्यबस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने, पछिल्लो समयमा मुलुकको विभिन्न क्षेत्रमा भयको सबारी दुर्घटनामा परि ज्यान गुमएका नागरिकहरु प्रति समबेदना ब्यक्त गर्दै घाइते हरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । साथै सबारी दुर्घटना हुनवाट रोक्न आबस्यक प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । राष्ट्रियताको संरक्षण, संविधानको कार्यन्वयन, शान्तिसुरक्षा, जनजीविका, शुशाशन तथा समाबेशी बिकासको सरकारसँग सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]