10:48:16 am 12-Dec-2019

शिखर नेपालबाट कृषि राज्यमन्त्री चौधरी सम्मानीत


शिखर नेपालबाट कृषि राज्यमन्त्री चौधरी सम्मानीत

काठमाडौं-कृषि तथा पशुपक्षी बिकास राज्यमन्त्री रामकुमारी चौधरीलाई शिखर नेपालले शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान २०७६ बाट सम्मानित गरेको छ ।

Ad

शिखर नेपालले शिखर नेपालको राष्ट्रिय अभियान मुलुकका समग्र कृषकहरुको सम्मान मुल नाराका साथ प्रथम राष्ट्रिय कृषक अवार्ड २०७६ तथा शिखर अनर अवार्ड २०७६ आयोजना गरि उत्कृष्ट कृषक, कृषि विज्ञ, कर्मचारी, राजनीतिज्ञ, पत्रकार, कलाकार, कविलगायतलाई सम्मान गरेको हो । शिखर राष्ट्रिय व्यक्तत्व वर्ष सम्मान २०७६ बाट कृषि राज्यमन्त्री रामकुमारी चौधरी, पूर्वमन्त्री तथा सांसद महेश बस्नेत र ३ नं।प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचीव योगेन्द्रकुमार कार्कीलाई सम्मानित गरेका थिए । शिखर ईन्करेजमेन्ट कृषक अवार्ड २०७६ बाट अनन्तबहादुर खडका (नेसनल भिजन मल्टी प्रपोज एग्रो फार्म प्राली घोराही) र जनकल्याण सामाजिक बिकास अनुसन्धान केन्द्र नेपाल ललितपुरलाई सम्मान गरेको थियो ।

तेसैगरी शिखर कर्मशिल कृषक अवार्ड २०७६ बाट सुकमाया तामाङ दुधौली११ सिन्धुली र लक्ष्मी राणा आशा पोलष्ट्रि फार्म भरपुर सम्मानित भएका थिए । तेसैगरी सर्वोत्कृष्ट राष्ट्रिय शिखर कृषक अवार्ड (२०७६ बाट १ प्रदेशका विशाल राई (विशाल कृषि फार्म बिर्तामोड १० झापा ,२ नम्बर प्रदेशका रामआशिष प्रसाद नुनीया पर्सा, ३ नम्ब। प्रदेशका नवराज आचार्य बागमती गोट सिडस ,धार्के १, धादिङ, ४ नम्बर प्रदेशका घनश्याम तिम्लसिना, हेम्जा गाई फार्म पोखरा २५, कास्की, ५ नम्बर प्रदेशका दलबहादुर खत्री लेकाली व्यवसायिक बाख्रा पालन माण्डवी २ प्युठान, ६ नम्बर प्रदेशका डिल्ली बहादुर नाथ डाफे भैसीपालन व्यवसाय बाफीकोट २ पश्चिम रुकुम र ७ नंबर प्रदेशका ठगुनीदेवी चौधरी कार्प हयाचरी घोडा घोडी १, कैलालीलाई सम्मानित गरेका छन ।

सम्मान पाउनेहरुलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्मान पत्रबाट सम्मानित गरेका थिए । मुलुकले अपेक्षा गरेको तर उपेक्षामा परेको बर्ग, क्षेत्रका जो कृषि उत्पादनमार्फत खेत देखी पेटसम्म पुग्ने बस्तुको उत्पादन गर्दछन ती महान जिवनदाता ,अन्नदाताको योगदानलाई उच्च सम्मान गर्ने उदेश्य रहेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]