10:45:31 pm 16-Sep-2019

राज्य मन्त्री चौधरीले झुम्का कृषि बजारको गरीन उदघाटन


राज्य मन्त्री चौधरीले झुम्का कृषि बजारको गरीन उदघाटन

सुनसरी – कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले रामधुनी नगरपालिकाको एक मात्र झुम्का कृषि बजारको उदघाटन गरेकी छिन् ।

Ad

संघीय कृषि मन्त्रालयको ४० लाख सहयोगमा २९ वटा सटर सहीतको निर्माण भएको बजार रामधुनी नगर आसपासको कृषकहरुको लागी व्यवसाय गर्ने केन्द्रको रुपमा बन्ने विश्वास लिएको छ । उदघाटन समारोहलाई संबोधन गर्दै राज्यमन्त्री चौधरीले कृषि जन्य उत्पादनलाई वृद्धि गर्दै बजार व्यवस्थापनलाई पनि सङ्ग सङ्गै लाने योजना अनुरुप कृषि बजारहरुको स्तरोन्नति र बिस्तार गरीरहेको बताइन् । यस आ.ब.मा मात्रै सुनसरीमा ईटहरी,धरान,ईनरुवा र देवानगन्जमा पनि नयाँ कृषि उपज व्यापारीकरण भवनहरु निर्माण सप्पन्न भएको र केही हुने प्रक्रियामा रहेको मन्त्री चौधरीले जानकारी गराएकी थिइन् । स्थानीय कृषि बजार निर्माणलाई निरन्तरता दिदै प्रदेश एककै नमुना र अत्याधुनिक कृषि थोक बजार ईटहरीमा बनाउने आफ्नो उदेशय रहेको र त्यसको लागि डि.पी.आर .भइसकेको र आवश्यक बजेटको व्यवस्था पनि मिलाएको मन्त्री चौधरीले बताइन ।

सुनसरीमा माछा,धान र अदुवाबेसार जोन संचालनमा रहेको र थप दुई वटा तरकारी र बनगुर जोनको लागि मन्त्रालयले बजेट बिनियोजन गरेको बताइन । बिकास निर्माणमा सबै एकजुट भएर लाग्न सके छिटै परिणाम देखाउन पनि सकीने बताइन । सुनसरीका किसानहरुको उपज व्यवस्थापनको लागी रामधुनी,ईनरुवा र देवानगन्जमा छुट्टाछुट्टै ३ वटा शितभण्डारण घर निर्माणको लागि बजेट बिनियोजन भएको राज्य मन्त्री चौधरीले बताइन् ।रामधुनी नगरपालिकाको आयोजनामा आयोजित झुम्का कृषि बजार उदघाटन समारोहमा नगरका उपमेयर सबिना चौधरीको विशेष उपस्थित रहेको थियो । नेकपा सुनसरी अध्यक्ष पप्पु मण्डल,नगर अध्यक्ष राम कोयराला र जनप्रतिनिधि वडा अध्यक्षहरु रुद्र बस्नेत,महेश चौधरी,डेगराज फुयाल को पनि उपस्तिथि रहेको थियोे । कृषि मन्त्रालय बाट बजार निर्माणको लागि छुटयाएको ४० लाख बजेटमा २७ लाख अरसठ्ठी हजार पचपन्न रुपैयामा निर्माण सम्पन्न भएको र १२ लाख ३१ हजार ९४ रूपया फिर्ता पठाएको नगरपालिकाका योजना शाखाका सबईन्जिनियर हर्षलाल चौधरीले जानकारी गराएका थिए ।

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]