10:21:45 am 12-Dec-2019

नेपाल भ्रमण बर्षको जापानका लागि दूत इसोइका नियुक्त

२७ वर्षमा ४०पटक नेपाल आएका थिए उनी


<span class="entry-title-primary">नेपाल भ्रमण बर्षको जापानका लागि दूत इसोइका नियुक्त</span> <span class="entry-subtitle">$२७ वर्षमा ४०पटक नेपाल आएका थिए उनी </span>

काठमाडाैं-नेपाल भ्रमण वर्ष २०२० मा जापानका लागीे नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा नाम लेखाइसकेका हिरोमी इसोइकालाई सद्भावना दूत नियूक्त गरेको छ ।
काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षका संयोजक सुरज वैद्यले सद्भावना दूतको प्रमाण–पत्र हस्तान्तरण गरे ।
सन् २००१ जनवरी १ तारिककै दिन विश्वकै सवैभन्दा ठूलो ड्रम बनाएर गिनिज बुक अफ दी वल्र्ड रेकर्ड बनाउन सफल इसोइकाले सन् २००३ देखि नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।
पेशाले निर्माण व्यावसायी इसोइकाले २७ वर्षमा ४० पटक नेपाल आइसकेका छन् । पशुपतिनाथ क्षेत्रमा वायो शौचालय बनाएर विश्वभरी चर्चा कमाएका उनी केही वर्ष अघि छोरी र श्रीमतिकासाथ नेपाल आउँदा महिलाहरुलाई शौचालय गर्न कठिनाइ भएको देखेपछि उक्त काम गरेको भन्दै निकट भविश्यमा नेपालका विभिन्न भागमा सौचालय निर्माण गर्ने जनाए । नेपाल–जापान सम्बन्धको ५० वर्षगाँठ पुगेको अवसरमा काठमाडौं, टुडीखेलमा जापानमा झैँ विश्वकै ठूलो ड्रम बनाएर प्रदर्शनी गरेका इसोइका नेपाल–जापान मैत्री समाजका जापान पक्षको अध्यक्ष समेत छन् । नेपाल आउँदा आफ्नो पुराना घर आएको महसुस हुने उल्लेख गर्दै इसोइका नेपालले घोषणा गरेको भ्रमण वर्ष सफल पार्न लाग्ने वताए । नेपालमा पर्यटनको संभावना धेरै छ । हिमाल बाहेकका अन्य क्षेत्रमा पनि पर्यटनलाई आकर्षण गर्न सक्नुपर्ने कार्यक्रममा उनको सुझाव थियो ।
नेपाल पर्यटन वर्षका संयोजक सुरज वैद्यले नेपाल पर्यटन वर्ष मनाउनुका कारणहरु स्पष्ट पार्दै जापानका युवा वर्गलाई नेपाल भ्रमणमा आकर्षण गर्नमा इसोइकाको ठूलो भूमिका हुने धारणा राखेका थिए ।

Ad

सम्बन्धित समाचारहरु​



CONNECT WITH US













IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]