बागमती प्रदेश हस्तकला संघमा उपाध्याय, नेृत्वमा कोको ?
काठमाडौं-छालाजुत्ता उत्पादक होमनाथ उपाध्यायको अध्यक्षतामा बागमती प्रदेश हस्तकला संघ गठन भएको छ ।
संघको उपाध्यक्षमा मकवापुरकी कृष्टलका सामग्री उत्पादक कमला सुवेदी, सचिवमा ललितपुरका नविन शाक्य, कोषाध्यक्षमा भक्तपुरका मनिका कायस्थ निर्विरोध चयन भएका छन् । संघको सदस्यहरुमा काठमाडौंका अवानिश प्रधानाङ्ग, काठमाडौंका अनुप मानन्धर, काभ्रेका लक्ष्मी श्रेष्ठ, दोलखाका पार्वती खड्का र रसुवाका मनवीर कामी छाानिएका छन् ।
बागमति प्रदेशका सबै जिल्लाका हस्तकला उद्यमीहरुलाई समेटेर प्रदेश संघ गठन गरिएको उपाध्यक्ष सुवेदीले जानकारी दिइन् । संघले हरेक प्रदेशमा हस्तकला प्रदेश कमिटि गठन गर्ने भएको छ ।