05:48:30 am 25-May-2022

NCHL द्वारा Connect IPS को कारोबार शुल्क घटाइयो


NCHL द्वारा Connect IPS को कारोबार शुल्क घटाइयो

युवा पोस्ट, मंसिर १५,२०७८,

नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहजगर्न नेपाल क्लियरिङ्ग हाउसले २०७८ मंसिर ७ गते बाट लागू हुने गरी कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ । नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम रु.२ देखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

रु.५०० सम्मको भुक्तानीमा प्रति कारोबार शुल्क रु.२, रु.५०० भन्दामाथिरु.५,००० सम्मप्रति कारोबार शुल्क रु.४ र रु.५,००० भन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क रु.८ लागू हुने भएको छ । यसले ग्राहकहरुलाई एनसीएचएलका कनेक्ट आईपीएस वेब/मोबाईल एप/ बैंक/वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग / वालेटमा फण्ड लोड/ विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्ट आईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क रु २ देखि ५ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्ग निर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्घनका निम्ती एनसीएचएलले समय–समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्ने गरेको छ । हालै नेपाल राष्ट्र बैंकबाट बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबर शुल्क रु १० देखि अधिकतम रु ३० सम्म तोकिएको थियो ।चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्ट आईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ त्यसै गरी उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या ११७,०१२ तथा रकमको आधारमा दैनिक औसत रु ८.३ अर्ब बराबरको रहेको छ । कारोबार शुल्क मा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरुमार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने छ ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारीमा उपलब्ध गराउने एनसीएचएलको सिद्धान्त बमोजिम एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग NCHL-ECC), अन्त र्बैंक विद्युतीयभुक्तानी(NCHL-IPS), connectIPS e-Payment, connectRTGS, National Payments Interface (NPI) र  CORPORATEPAY लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पु¥याउदै आएको छ ।हाल कार्यान्वयन हुन गइरहेको नेशनल पेमेन्ट स्वीचमार्फत विभिन्न भुक्तानी पूर्वाधार, सेवा, प्रणाली एवम् उपरकरण बीच अन्तर आबद्धता कायम गर्न आवश्यक समन्वयका निम्ती पनि एनसीएचएलले सदस्य बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवाप्रदायकसँग सहकार्यता गर्दैछ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]