08:15:46 pm 20-Oct-2021

रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन


रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक रामायणमा रावणको भूमिका निभाएका पूर्व सांसद अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ । त्रिवेदीको ८२ वर्षको उमेरमा मंगलबार राति १० बजे निधन भएको हो । उनको आजै मुम्बई स्थित दहानुकरवाडी आर्यघाटमा अन्त्येष्टि हुने बताइएको छ । उत्तर प्रदेशको उज्जैन सहरमा जन्मिएका कलाकार त्रिवेदीले आफ्नो करियरको सुरुवात गुजराती रङ्गमञ्चबाट गरेका थिए ।उनले लभगभ ३०० हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका छन् । यस्तै, सन् १९९१ मा अरविन्द त्रिवेदी भारतीय जनता पार्टीका सदस्यको रुपमा सांसद छानिएका थिए । उनी सन् १९९६ सम्म यो पदमा रहेका थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]