09:42:05 am 13-May-2021

गुडविल बचत तथा ऋण सहकारी सस्थाले रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै


गुडविल बचत तथा ऋण सहकारी सस्थाले रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण गर्दै

काठमाडौँ – चाबहिलस्थित गुडविल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो १० औँ स्थापना दिवसको अवसरमा र लायन्स क्लब अफ काठमाडौं शुभलाभको संयुक्त आयोजनामा रक्तदान तथा नि:शुल्क स्वास्थ्य (मधुमेह) परिक्षण कार्यक्रम गर्ने भएको छ । बौद्ध स्तुपा परिसर काठमाडौंमा यही भदौ ९ गते शनिवारको दिन बिहान ८ बजे देखि ११ बजे सम्म उक्त कार्यक्रम गर्न लागेको गुडविल बचत तथा ऋण सहकारी सस्थाले बताएको छ । रक्त दान नै जीवन दान भन्ने मूल नारालाई आत्मासाथ गर्दै १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान र मधुमेहको नि:शुल्क परिक्षण गर्न लागेको जनाएका छन् |

काठमाडौं स्थित संखमुलामा समेत शाखा रहेको गुडविलको ११ हजार सदस्य रहेको हुँदा संचालक समिति, कर्मचारी, सेवाग्राही र अन्य शुभेच्छुक र शुभचिन्तक गरि लगभग १०० जनाको हाराहारीमा रक्तदान गर्ने र उत्तिकै मात्रामा मधुमेहको चेक जाँच गर्नेमा आफुहरु विश्वस्त रहेको जनाएका छन् |

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]