11:18:10 pm 21-Sep-2021

तपाइको आज, तपाईंका लागि कस्तो रहला ?


मेष राशी(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सानातिना समस्यामा अल्झनुपर्नेछ । सरकारी निकायको भय रहला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्नेछ । धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ। बोलीको प्रभाव कमजोर रहनेछ।

वृष राशी(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बिछोडिएका आफन्तसँग भेटघाट होला। अस्वस्थ शरीर लिएरै काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। विश्राम र खानपानमा ध्यान पुर्याउनुहोला।
मिथुन राशी(का, कि, कु, घ, ङ, छ, के, को, ह)
बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन्। परिस्थितिले अनावश्यक काम वा वस्तुहरूमा समेत खर्च गराउनेछ।
कर्कट राशी(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विगतका कर्मको उचित प्रतिफल प्राप्त प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ।
सिंह राशी(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ।
कन्या राशी (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जिम्मेवारी आए पनि उपलब्धिका लागि केही समय लाग्नेछ। आशा देखाउनेहरूको भर पर्दा पछि परिनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
तुला राशी(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ।
वृश्चिक राशी(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
धनु राशी(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम बन्नुका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मकर राशी( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ।
कुम्भ राशी( गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनावश्यक हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ।
मीन राशी(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातलागी होला।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]