८. पल्सर डेयर भेन्चर कान्तिपुर टेलिभिजनमार्फत प्रसारित नेपालको पहिलो बाइकिंग रियालिटी शो
९. दोहोरी च्याम्पियन नेपाल टेलिभिजनमार्फत प्रसारित लोकदोहोरीलाई अहिलेको पुस्तामाझ परिचित एबम स्थापित गराउने उद्देश्यका साथ ल्याइएको रियालिटी शो
पंक्तिकारलाई याद रहेसम्मका रियालिटी शोको लिस्ट हो यो, जुन नेपालका विभिन्न टेलिभिजन च्यानलहरुमा प्रसारण भैरहेका छन् वा भैसकेका छन् र शोको अर्को सिजनको तयारी चल्दै छ| यो लिस्टमा रहेका बाहेक पनि केहि रियालिटी शो प्रसारणका पाइपलाइनमा रहेका हल्लाहरु बजारमा नभएका हैनन् | यसरि हेर्दा लाग्छ कि अचेल नेपाली टेलिभिजनहरुमा रियालिटी शोको बाढी नै आएको छ भन्दा फरक नपर्ला सायद|
सामान्यतया रियालिटी शो भन्नेबित्तिकै तपाई हाम्रो दिमागमा झट्ट आउने कुरा के हो?
पक्कै पनि प्रतिभावान व्यक्तिहरुको लुकेको प्रतिभा प्रस्फुटन गर्न दिने एउटा मन्च , जहाँ धेरै प्रतिस्पर्धीमध्ये कोहि एउटा यस्तो प्रतिभा बिजयी हुन्छ जो सबै भन्दा योग्य छ | तर अहिलेको ट्रेन्डलाई हेर्ने हो भने रियालिटी शो भावनाको व्यापार, प्रतिभा भन्दा पनि पैसा(एसएमएस)को प्रतिष्पर्धा हो कि भन्ने भान पर्दछ |
सामान्यतया टिभी शोको आम्दानीको स्रोत भनेको त्यसमा बज्ने बिज्ञापनबापत प्राप्त हुने रकम नै हो तर रियालिटी शोको बिषयमा भने फरक छ यसमा बज्ने बिज्ञापनको रकम त छदै छ संगसंगै प्रतिष्पर्धीहरुलाई प्राप्त हुने भोटको रकम पनि रियालिटी शोको आम्दानीको राम्रो स्रोत हो त्यसैले त टेलिभिजनहरुमा रियालिटी शोको बाढी आइरहेको छ नि ! किनकि एकातिर दर्शकलाई मनोरन्जन गराएको जस छ अर्कातिर प्रतिष्पर्धीलाई आकर्षक पुरस्कार प्रदान गरेको शान पनि | लिस्टमा रहेका दुइवटा बाहेकका सबै रियालिटी शोको फर्म्याट भनेको एसएमएस भोटिंगको माध्यमबाट बिजयी प्रतिष्पर्धीको छनोट गर्ने नै हो | यसबाट पनि थाहा थाहा हुन्छ कि रियालिटी शोमा भोटिंग कति शक्तिशालि छ भनेर !
जबसम्म प्रतिष्पर्धीहरुको भोट काउन्ट गरेर भोटलाई सार्वजनिक गरिन्न कसरि पत्याउने त्यहाँ धादली हुदैन भनेर?
कुनै प्रतिष्पर्धी आफु कति भोटले गर्दा बाहिरिएँ भन्ने कुराको जानकारी पाउने वा उसलाई भोट गर्ने उसको समर्थकले उसको प्रिय प्रतिष्पर्धी कति भोटको कारणले बाहिरियो भन्ने कुराको जानकारी पाउने आधिकार किन नहुने?
प्राय हिन्दि फिल्महरुमा देखाइने भावनाको राजनीति यस्ता रियालिटी शोहरुमा नि हुन्छन भन्दा अतिसयोक्ति हुदैन होला भन्ने यो पंक्तिकारको ठहर छ | प्रतिष्पर्धीहरुको कम्जोर आर्थिक अवस्था वा देखाउन मिल्नेसम्मको दयनीय अवस्था देखाएर दर्शकको भावनासंग खेल्न पनि पछाडी पर्दैनन रियालिटी शोका निर्माता, निर्देशकहरु |
नेपाली कलाकारिता जगतका एक हस्ती एबम नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनका निर्णायकमध्येका एक सन्तोष पन्तले त कति पटक शोमा प्रतिष्पर्धीहरुलाई सुझाव दिदै गर्दा खुलेर नै भन्ने गरेका छन् ‘के गर्नु अब, हाम्रो हातमा केहि छैन सबै जनताको हातमा छ |” उनको यो कुरालाई यसरि बुझ्न सकिन्छ, क्षमतावान प्रतिष्पर्धी र राम्रो प्रस्तुति भए नि भोट आएन भने फालिन्छौ, नराम्रो प्रस्तुति गरे नि भोट आयो भने जोगिन्छौ अर्थात निर्मातालाई नोट आउने वातावरण रहे जोगिन्छौ नत्र फालिन्छौ | अर्थात निर्णायक भन्दा शक्तिशाली त एसएमएस हो जसको निर्णयको अगाडी निर्णायक पनि निरिह छन् |