02:06:17 pm 21-Sep-2021

एचआइडिसिएल को हकप्रद सेयरका लागि आवेदन दिने मिति १२ दिन थप


एचआइडिसिएल को हकप्रद सेयरका लागि आवेदन दिने मिति १२ दिन थप

हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ( एचआइडिसिएल ) को हकप्रद सेयरका लागि आवेदन दिने मिति १२ दिन थप गरिएको छ।कम्पनीले साउन ५ देखि २५ गतेसम्मका लागि हकप्रद सेयरका लागि आवेदन दिन सक्ने गरी हकप्रद सेयर खुला गरेको थियो । अब १२ दिन थप गरिएपछि भदौ ५ गतेसम्म आवेदकले हकप्रद सेयर भर्न सक्नेछन्।एचआइडिसिएलले एक कित्ता बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन पाइनेछ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]