01:33:23 pm 21-Sep-2021

जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलीदेखि कारोबारमा आउने


जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत, भोलीदेखि कारोबारमा आउने

आज बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ६० लाख ८४ हजार कित्ता आईपीओ आज सूचीकृत भएको हो । अब यो शेयर भोली बिहीवारदेखि कारोबारमा आउनेछ । कम्पनीको असार २३ गते आईपीओ बाँटफाँड भएको थियो । उक्त बाँडफाँडमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदक मध्ये भाग्यमानी १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका थिए । हाल कम्पनीको सस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू.४९ करोड ६ लाख ७०हजार रहेको छ । आईपीओ निष्कासन बाँडफाँड पछि पूँजी रू. ६० करोड ८४ लाख पगेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू.३०५.२७ देखि ९१५ .८१ सम्म ओपन रेञ्ज तोकेको छ । नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच साउन १३ गते सूचीकरण सम्झौता भएसँगै बिहीवारदेखि कारोबारमा आउने भएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]