01:51:39 pm 21-Sep-2021

मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, सोमवारदेखि कारोबार हुने


मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, सोमवारदेखि कारोबार हुने

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।आइतवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि कम्पनीको आईपीओ कारोबारमा आउने भएको हो । अव कम्पनीको शेयर सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न पाउनेछन् ।कम्पनीले असार १७ गते देखि ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएको ,१९ हजार ४५० कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधरको लागि निष्कासन गरिएको थियो । कम्पनीको १२ लाख ११ हजार ५०० कित्ता शेयर आज सूचीकृत भएको हो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]