01:31:55 pm 21-Sep-2021

मैलुङ खोलाको आइपीओ भर्ने आज अन्तिम दिन


मैलुङ खोलाको आइपीओ भर्ने आज अन्तिम दिन

मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज सोमबार (साउन १८ गते) अन्तिम दिन हो । मैलुङ खोला जलविद्युत कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २% अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५% ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।

बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने मध्ये आइतबार साँझ ५ बजेसम्ममा २ करोड ४१ लाख ४३ हजार ४८० कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारणले आवेदन दिन पाउने मध्ये ३५.२५ गुणा धेरै आवेदन हो ।
लगानीकर्ताले सोमबार साँझ ५ बजेसम्म यसमा आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]