01:54:22 pm 21-Sep-2021

लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा बढ्दै, आज सर्वाधिक कारोबार हुने १० कम्पनीमा सबै हाइड्रोपावर


लगानीकर्ताको आकर्षण हाइड्रोपावरमा बढ्दै, आज सर्वाधिक कारोबार हुने १० कम्पनीमा सबै हाइड्रोपावर

आज साताको पहिलो दिन सेयर बजारमा सर्वाधिक कारोबार हुने १० वटा कम्पनीहरूमध्ये १० वटै हाइड्रोपावरहरू रहेका छन् । आज पहिलो नम्बरमा अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ, कम्पनीको ८१ करोड ८५ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।धेरै कारोबार हुने दोश्रो कम्पनीमा अरूण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ, अरूणको ६० करोड ५० लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।सर्वाधिक कारोबार हुने कम्पनीहरूको तेश्रो नम्बरमा युनिभर्सल पावर कम्पनी रहेको छ, कम्पनीको ५४ करोड ४४ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।सर्वाधिक कारोबार हुने चौथोमा ङादी ग्रुप पावर,पाँचौमा ङादी ग्रुप पावर छैठौमा बुटवल पावर सातौमा राधी विद्युत आठौमा अरूण काबेली नवौमा सानिमा माइ हाइड्रोपावर दशौंमा अपर तामाकोशी र सिनर्जी पावर रहेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]