काठमाडौं–नेपाल धितोपत्र बोर्डले रजत जयन्ती वर्षको अवसरमा आयोजना गरेको प्रथम पुँजी बजारसम्बन्धी प्रदर्शनीसम्पन्न भएकोे छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारसम्बन्धी विविध जानकारी, धितोपत्र व्यवसायी सेवा एवं अन्य सम्बन्धित सेवासम्बन्धी विस्तृत जानकारी, धितोपत्र तथा धितोपत्र बजारसम्बन्धी विविध अध्ययन सामाग्रीहरुको निशुल्क वितरण, धितोपत्र बजार पूर्वाधार, बजार संचालन व्यवस्था, बजार सुधार तथा विकास र आगामी प्राथमिकता सम्बन्धमा छलफल एवं लगानीकर्ता सचेतना अभिबृद्धि कार्यक्रम संचालन जस्ता विशेषताहरु रहेको नेपालको पँुजी बजारको इतिहासमै पहिलोपल्ट आयोजित प्रर्दशनीमा अवलोकनकर्ताहरुको उत्साहवद्र्धक उपस्थिति थियो ।
यसमा नेपाल धितोपत्र बोर्ड, बीमा समिति, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग, शाख मूल्यांकन संस्था, मर्चेण्ट बैंकर व्यवसायी, धितोपत्र दलाल व्यवसायी, केन्द्रीय निक्षेप सदस्य, आस्वा आवद्ध बंैक तथा वित्तीय संस्था, सूचिकृत कम्पनीहरु, धितोपत्र बजारसम्बन्धी सफ्टवेयर कम्पनीहरु, आर्थिक विद्युतीय संचार माध्यम गरी ११९ स्टल रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री डा.युवराज खतिवडाले पँुजी बजारलाई विशेष प्राथमिकता दिई कार्यक्रमका स्टलहरुको अभिरुचीपूर्वक निरीक्षण, प्रदर्शनीको समुद्घाटन तथा कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा पुँजी बजारसम्बन्धी अधिकांश विषय वस्तु समिटिने गरी धितोपत्र बजार तथा बजार पूर्वाधार, मर्चेण्ट बैकिङ्ग सेवा तथा शाखा मूल्यांकन सेवा, धितोपत्र बजार सुधारका प्रयास एवं आगामी प्राथमिकता र धितोपत्र दलाल व्यवसाय सेवा विषय शीर्षकमा आयोजित चार प्राविधिक सत्रहरुमा बोर्डका वर्तमान तथा पूर्वअध्यक्षहरु तथा सदस्य, नेपाल स्टक एक्सचेञ्जका पूर्व अध्यक्ष, सिडिएस एण्ड क्लियरिङ्गका प्रमुख कार्यकारी अधिकृत, मर्चेण्ट बैंकर एशोसिएसनका अध्यक्ष, स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष, बैंकर, शाख मूल्यांकन संस्थाका प्रमुख कार्यकारी अधिकृत, अनुसन्धानकर्ता, विश्वविद्यालयका प्राध्यापक, लगानीकर्ता संघहरुका अध्यक्षहरुले प्राविधिक सत्रहरुको अध्यक्षता, कार्यपत्र प्रस्तुती र टिप्पणी गरेका थिए ।