10:55:42 pm 21-Sep-2021

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ दोश्रोदिन ४.४३ गुणाले ओभर सब्सक्राइब


सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओ दोश्रोदिन ४.४३ गुणाले ओभर सब्सक्राइब

श्रावण २०गतेबाटनिष्काशनभएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक निष्काशनमा पहिलोदिन ४.४३ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिनअपरान्ह ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जनासर्वसाधारण लगानीकर्ताहरुबाट २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता शेयरको लागि आवेदन परेको छ। यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।
यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३० हजार कित्ता सम्म आवेदन दिनपाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा श्रावण २४ गतेआइतबार सम्म रहेको छ ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]