काठमाडौं-सेञ्चुरी कमर्सियल बैंक बुधबार बसेको सञ्चालक समितिको बैठकले २०७६ असार मसान्तमा कायम चुक्ता पुँजी ८,४१,५४,७१,५७६ को ६.७५% लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले चुक्ता पूँजीको २ प्रतिशतले हुन आउने १६,८३,०९,४२३.७०÷– बोनश शेयर वितरण गर्ने र ४.७५ प्रतिशतले हुन आउने .३९,९७,३४,८९९.८७÷– नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभाबाट पारित गरेर वितरण हुनेछ ।