शिखरको सेल मेला कात्तिक २५ सम्म, सस्तोमा जुत्ता किन्ने अबसर दुई दिन बाँकी
शिखरको भृकुटीमण्डपमा जारी विन्टर सेल मेला कात्तिक २५ गते (बिहीबार) सम्म हुने भएको छ । मेला सकिएपछि सस्तोमा जुत्ताचप्पल किन्ने अबसर फेरि नपाइने भएकाले मौकाको फाइदा उठाइ हाल्न शिखरले उपभोक्तालाई आग्रह गरेको छ । भृकुटीमण्डपको प्रबेशद्वारमै आयोजित मेलामा महिलाले जाडोमा लगाउने तीन जोडी जुत्ता १ हजार रुपैयाँमै उपलब्ध गराउने शिखरले जनाएको छ । जाडो सिजनलाई लक्षित गरि सुरु गरिएको मेलामा हामीले जाडोका जुत्ता निकै सस्तोमा उपलब्ध गराएका छौं, मेला मेला संचालक शिखर पियु इन्डस्ट्रिजका राजु उप्रेतीले भने, एक हजारमा तीन जोडी जुत्ता अन्यत्र पाइन्न । शिखरले सुरु गरेको विन्टर सेल मेला तिहारको विदाका दिनमा समेत निरंतर भएको थियाे । ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ, उप्रेतीले भने । कोरोना महामारीले लामो समयदेखि मेला महोत्सव ठप्प भएको झण्डै दुई बर्षपछि मेला आयोजना गरिएको हो । ‘शिखरको एकल सेला मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ, उप्रेतीले भने, अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् । मेलामा २ हजार रुपैयाँमा सम्पूर्ण परिवारका लागि जुत्ताचप्पल उपलब्ध हुनेछन् । मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पलसमेत राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।