भृकुटीमण्डपको सुज ग्यालरीले नयाँ बर्षमा ल्यायो जुत्ताचप्पलमा ७० प्रतिशतसम्म छुट योजना
भृकुटीमण्डपस्थित सुज ग्यालरीको नेपाली नयाँ बर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकवर्गलाई जुत्ताचप्पल खरिदमा ७० प्रतिशतसम्म छुट दिने भएको छ । भृकुटीमण्डपको रिपोटर्स क्लबको अगाडि रहेको सुज ग्यालरीमा जुत्ता किन्दा ग्राहकवर्गले १५ देखि ७० प्रतिशतसम्म छुट पाउने हुन् ।
चाडपर्व र विशेष अबसरमा छुट योजना ल्याइरहेको सुज ग्यालरीमा चर्चित नेपाली ब्रान्डका १०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ता चप्पल राखिएका छन् । सुज ग्यालरीमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक ब्रान्डहरु बिएफ डियरहिल, रन सुज, क्रस रोड सुज, रोयल सुज र कोसेलीका जुत्ताचप्पल किन्न पाइन्छ । ती जुत्ताचप्पला सुज ग्यालरीले ६ महिनासम्मको वारेन्टी प्रदान गरेको छ । ग्यालरीमा वृद्धबृद्धा, बालबालिका, पुरुष, महिला सबै उमेर समुहका ब्यक्तिलाई हुने सबै साइजका सबै प्रकारका कपडा, लेदर, रेग्जिनका जुत्ताहरु उपलब्ध छन् । सुज ग्यालरीले ग्राहकलाई स्थलगत रुपमौ एर सस्तो मूल्यका गुणस्तरीय ब्रान्डका जुत्ताहरु खरिद गरी नेपाली उत्पादनलाई हौसला दिन अनुरोध गरेको छ ।