10:03:11 pm 21-Sep-2021

ओमानविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ


ओमानविरुद्ध टस जितेर नेपालले रोज्यो ब्याटिङ

आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज दोस्रो खेल आयोजक ओमानविरुद्ध खेल्दै छ ।
ओमानविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछ । लगातार दोस्रो जितको लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिन लागेको हो ।यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]