02:38:42 pm 21-Sep-2021

पीएसजीमा बसेर च्याम्पियन्स लीग जित्ने मेसीको धोको


पीएसजीमा बसेर च्याम्पियन्स लीग जित्ने मेसीको धोको

पेरिस सेन्ट जर्मेनका अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले आफू च्याम्पियन्स लिग जित्ने लक्ष्य बोकेर फ्रान्सेली क्लबमा आबद्ध भएको बताएका छन् । फ्रेन्च क्लब पीएसजीमा आवद्ध भएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा मेस्सीले भने, ‘मेरो लक्ष्य र सपना भनेको फेरि एक पटक च्याम्पियन्स लिग जित्नु हो ।मलाई लाग्छ, त्यसका लागि हामीसँग टिम छ ।’ ३४ वर्षीय मेस्सीले पछिल्लो पटक बार्सिलोनाबाट २०१५ मा च्याम्पियन्स लिग जितेका थिए ।
मेस्सीले बार्सिलोनासँग भएको घटनालाई अनपेक्षित रहेको बताउँदै त्यसबाट अघि बढ्नु समयको माग रहेको बताए । ‘ गत साता मलाई जे भयो, निकै कठिन थियो । भावनात्मक रुपमा पनि मलाई निकै गाह्रो भयो । अब म र मेरो परिवार नयाँ सुरुवातलाई लिएर उत्साहित छौं । अघिल्लो साता जे भयो, त्यसलाई समयसँगै अघि लग्नुपर्छ ।’१३ वर्षको उमेरमा बार्सिलोना क्लबमा आएका मेसीले उक्त क्लबका लागि ७७८ खेलमा कीर्तिमान ६७२ गोल गरेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]