09:30:59 am 13-May-2021

‘प्रथम विपुल कप’ सोमबार सम्पन्न, कान्ति भैरबलाई उपाधि


‘प्रथम विपुल कप’ सोमबार सम्पन्न, कान्ति भैरबलाई उपाधि

काठमाडौँ –जोरपाटी, नयाँबस्तीमा रहेको विपुल शिक्षा निकेतनद्धारा आयोजित अन्तरविद्यालय सिक्स ए साइड फुटबल प्रतियोगिता ‘प्रथम विपुल कप’ सम्पन्न भएको छ ।
जोरपाटी बेसीगाँउमा रहेको रम्बल फुटबल ग्राउण्डमा ४० विद्यालयहरु विच भाद्र १४ गतेबाट सुरु भएको उक्त फुटबल टुर्नामेन्ट सोमबार सम्पन्न भएको हो ।

३९ विद्यालयहरुलाई पछि पार्दै कान्ति भैरब मावि थलिले ‘प्रथम विपुल कप’ को उपाधि उचालेको छ । यस्तै नेपालय इंग्लिस पब्लिक स्कुल दोश्रो भएको छ । श्रोङ्तेन भृकुटी सेकेण्डरी स्कुल तेश्रो र वल्र्ड युथ स्कुलले सान्त्वनाको उपाधि पाएको छ भने फेयर प्ले टिमको उपाधि बाल संसार सेकेण्डरी स्कुलले पाएको छ ।

सोमबार नै विजयी विद्यार्थी तथा टिमलाई पुरस्कृत गरिएको थियो । विजयी हुने प्रथम, द्धितीय र तृतीय  टिमलाई क्रमस ७ हजार, ५ हजार र ३५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । सान्त्वना विजयी टिमलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको थियो । नगद पुरस्कारका लागि भेनस पब्लिक स्कुल, काठमाडौँ विनायक शिक्षालय (केभिएस) र साथी ट्राभलले प्रायोजन गरेको थियो ।


काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा गरिएको उक्त पुरस्कार वितरण कार्यक्रम तथा ‘प्रथम विपुल कप’ को समापन कार्यक्रममा जया मल्टिपल कलेजका क्याम्पस प्रमुख भवानी पौडेल, प्याब्सन उप–महासचिव कुमार घिमिरे, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, प्याब्सन अध्यक्ष बाल कुमार गुरुङ, भेनस पब्लिक स्कुलका डाइरेक्टर नेत्र दाहाल, भेनस पब्लिक कलेजका एकेडेमीक डाइरेक्टर कृष्ण गौतम, नेसनल प्याब्सन काठमाडौँका सदस्य एवं प्रचार विभाग प्रमुख गेन्द्र लामा, नेसनल प्याब्सन काठमाडौँका सदस्य सम्झना लामा, नेसनल प्याब्सन काठमाडौँका सदस्य राजन श्रेष्ठ, विभिन्न स्कुलका प्रिन्सिपलहरु, फुटबलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा विपुलमा अध्यनरत विद्यार्थीहरुले विभिन्न गीतमा आफ्नो नृत्य समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]