11:19:53 pm 21-Sep-2021

बार्सिलोनाबाट बाहिरिए कप्तान लियोनल मेस्सी


बार्सिलोनाबाट बाहिरिए कप्तान लियोनल मेस्सी

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले क्याटलान क्लब बार्सिलोना छोडेका छन् । क्याटलान क्लबमा १७ वर्ष बिताएका मेस्सीले नयाँ सिजनसँगै क्लब छोडेका हुन् । बार्सिलोनाले बिहीबार राति एक आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले अर्को सिजन नखेल्ने जनाएको हो ।
बार्सिलोनाले बिहीबार नयाँ सम्झौता गर्नका लागि सबै तयारी गरिसकेको तर अन्त्यमा गएर स्पेनिस लिगको आर्थिक र संरचनात्मक अवरोधका कारण सम्झौता सम्भव नभएको विज्ञप्ति बार्सिलोनाले निकाले संगै लियोनल मेस्सीले क्याटलान क्लब बार्सिलोना छोडेको पक्का भएको छ ।दुवै पक्ष सम्झौताको लागि सहमत भएपनि ला लिगाको नियम अनुसार उक्त सम्झौता लागु हुन नसक्ने भएपछि मेस्सी क्लब छाड्न बाध्य भएका थिए ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]