11:53:37 pm 21-Sep-2021

बार्सिलोना बाट बिदा हुने क्रममा रोकिएनन् लियोनल मेसीको आसु


बार्सिलोना बाट बिदा हुने क्रममा रोकिएनन् लियोनल मेसीको आसु

लियोनल मेसीले आइतबार बार्सिलोना क्लब र यसका समर्थकसँग बिदा लिएका छन् । बार्सिलोनाबाट बिदा हुने निश्चित भएपछि उक्त क्लबका पूर्व कप्तान लियोनल मेसीले आफैंले आयोजना गरेको पत्रकार सम्मेलनमा आफू यसका लागि पूर्ण रुपमा तयार नभएको बताएका थिए । अर्जेन्टिनी स्टार मेस्सीले रुँदै मन्तव्य सुरु गरेका थिए । करिब सात मिनेट आफ्ना कुरा राखेका उनले सबै समय रोएरै बिताए। जब उनले आफ्नो मन्तव्य सके त्यसपछि उनका आसु झनै थामिएनन्।
उनले मन्तव्य दिने क्रममा भने, ‘बार्सिलोना मेरो घर हो, म यहाँ समय मिलाएर आउनेछु। यहाँका धेरै मानिससँग मेरो नजिकको साइनो छ। म यो क्लबका सबैलाई मनभरि सम्झिने छु । मैले यहाँबाट धेरै अनुभव बटुलेको छु। यहाँका हरेका कुराले मलाई अघि बढ्न सहयोग गरेका छन्। १३ वर्षको हुँदा म यहाँ आएको थिएँ र आज २१ वर्षपछि परिवारसहित बिदा हुँदैछु ।

क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने बाध्यतामा पुगेका उनले पत्रकार सम्मेलनमा अबको यात्रा निश्चित भइनसकेको बताएका थिए । आफू बार्सिलोनामा रहन नपाउने खबर सुनेपछि निकै दुः ख लागेको र क्लब निकै ऋणमा भएका कारण त्यसको बोझ बन्न नचाहेको समेत उनले बताए ।
बार्सिलोनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै ला लिगाको आर्थिक र संरचनागत अवरोधले मेसीसँग नयाँ सम्झौता हुन नसकेको जनाएको थियो।
अब मेसी पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने छन् । उनको स्वागतको लागि पीएसजीले आइफेल टावर बुक गरेको छ । इएसपिएनका पत्रकार डिएगो मानरोइगका अनुसार पीएसजीले अगष्ट १० का लागि टावर बुक गरेको हो। मेसी र पीएसजीबीच तीन वर्षको सम्झौता हुने बताइएको छ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]