11:39:01 pm 20-Sep-2021

रियल म्याड्रिडका भरान म्यानचेस्टरमा अनुबन्धित


रियल म्याड्रिडका भरान म्यानचेस्टरमा अनुबन्धित

स्पेनिस क्लब रियल म्याड्रिडका राफयल भरान इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । रियल म्याड्रिड संगको एक वर्षै सम्झौता अवधि बाँकी छँदै म्यानचेस्टर युनाइटेडले २८ वर्षीय भरानलाई ३४ मिलियन पाउन्ड र ७ मिलियन बोनस गरी ४१ मिलियन पाउन्डमा ४ वर्षको लागि अनुबन्ध गरेको र थप १ वर्षको लागि सम्झौता नविकरण गर्ने विकल्प पनि राखेको बताइएको छ । भरानले क्लब छाड्ने भएपछि झन्डै एक दशकपछि रियलको रक्षापङ्ति सर्जियो रामोस र भरानविनाको नै हुने भएको छ । रामोस पनि यसै समरमा रियल छाडेर फ्रान्सेली क्लब(पीएसजी)मा अनुवन्धित भइसकेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]