12:06:06 am 22-Sep-2021

लोकाटेली इटालियन महारथी युभेन्टसमा अनुबन्ध हुने पक्का


लोकाटेली  इटालियन महारथी युभेन्टसमा अनुबन्ध हुने पक्का

युरो विजेता इटालीका २३ वर्षीय स्टार मिडफिल्डर म्यानुयल लोकाटेली इटालियन महारथी युभेन्ट्समा अनुबन्धित भएका छन् ।
युभेन्ट्सले लोकाटेलीलाई ५ वर्ष (सन् २०२६) सम्मको लागि ३२ मिलियन पाउन्डमा सिरी ‘ए’ प्रतिद्धन्द्धी सस्सुलोबाट अनुबन्ध गरेको हो ।लोकाटेलीले युभेन्ट्समा सुरुवाती दुई सिजन लोनामा खेल्ने र त्यसपछि मात्रै युभेन्ट्सले लोकाटेलीलाई स्थायी खेलाडी बनाउने सहमति भएको छ ।युरोमा उनले ५ खेलमा २ गोल गरेका थिए भने इटालीका लागि उनले १५ खेल खेलिसकेका छन् ।

सम्बन्धित समाचारहरु​



जब डेस्क प्रा. लि. द्वारा प्रकाशित

अध्यक्ष तथा प्रधान सम्पादक: लीलानाथ घिमिरे

सूचना तथा प्रसारण विभाग दर्ता नं: १५९७/०७६-७७
IS A SITE DESIGNED MOSTLY FOR YOUNG GENERATION

BANESHWOR, KATHMANDU

PHONE NO: 9841282100

[email protected]